१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गाउँपालिकाकाे बार्हाै गाउँसभा अधिवेशन हुँदै




गाैरीगंज २८, पुस/ गाैरीगंज गाउँपालिकाकाे बार्हाै गाउँसभाकाे खुल्ला सत्र सम्पन्न भएकाे छ ।
गाउँपालिकाका सभाहलमा आज विहिवार गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
गाउँपालपकाका अध्यक्ष फूलवती राजवंशीले गाउँपालिकाले विभिन्न ऐन, कानुन, कार्यविधि र नियमावली बनिसकेको र साझेदारीमा संघ र प्रदेशसंगकाे समन्वयमा कानुनहरू क्रमशः निर्माण गर्ने बताईन् ।

गाैरीगंज गाउँपालिकाकि उपाध्यक्ष पुजन न्याैपाने कुवँरले गाैरीगंज गाउँपालिका विकास निर्माणलगायत शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि थप रकम छलफलका लागि विनियाेजन गरेकाे प्रतिवेदन प्रस्तुत गरिन् । उनले विभिन्न याेजना तथा कार्यक्रममा ४ कराेड ७ लाख ९५ हजार रूपैयाँ थप रकम गरिएकाे प्रतिवेदन प्रस्तुत गरिन् ।

गाैरीगंज गाउँवासीलाई जन्मदेखि मृत्युसम्म राहत सहयाेगकाे व्यवस्था गरिएकाे १ देखि ६ सम्मकै वडालाई जनसंख्या र भुगाेलकाे आधारमा थप वजेटकाे व्यवस्था गरेकाे बताईन् । सबै क्षेत्रलाई समानुपातिक ढंगले बजेट प्रक्षेपण गरेकाे र बार्हाै गाउँसभामा वार्ड १ देखि ६ सम्मकाे ४१ वटा थप याेजना तथा कार्यक्रमहरू समावेश गरिएकाे जानकारी गराए । आज सम्पन्न भएकाे बार्हाै गाउँसभाबाट थप ४१ वटा याेजना तथा कार्यक्रमहरूकाे करिब २ कराेड ५० लाख रूपैयाँकाे बजेट थप हुने खालकाे प्रतिवेदनमा उल्लेख छ । गाउँसभाकाे बन्दशत्र सञ्चालन भईरहेकाे जनाईएकाे छ ।

प्रकाशित मिति : २८ पुस २०७९, बिहिबार  ४ : ४६ बजे