१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भ्रममा नपर्न माओवादी केन्द्र शिवसताक्षिकाे आग्रह



शिवसताक्षी, १४ कार्तिक /  नेकपा माओवादी केन्द्र शिवसताक्षी नगर सहसचिव भुवन सेन्दाङसहितका ४० जना पार्टी सदस्यहरुले पार्टी छाडेको भन्दै विभिन्न सञ्चारमाध्यममा आएको समाचार प्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आफूहरुको समेत नाम जोडी माओवादी केन्द्रको साधारण सदस्य समेत नरहने गरि राजीनामा गरेको भन्ने आएको समाचारमा कुनै सत्यता नरहेको उनीहरुद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पार्टी भित्र असहमतिका बिषय भए कमिटीमा छलफल गरि निकास निकाल्न पनि हामी सबैमा अबगत गराउदै बैठकमा भएको हस्ताक्षरको दुरुपयोग गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ ,–‘ हामी माओवादी केन्द्रमै रहेको छौ, कुनै पनि भ्रममा नपर्न आग्रह गर्दछौ ।’
यसरी बिज्ञप्ति जारी गर्नेहरुमा नगर सहसचिब भुवन सेन्दाङ , वाइसीएल नगर अध्यक्ष इन्द्र नेउपाने ,उपाध्यक्ष सन्जिब राई ,नगर सचिवालय सदस्य धन कुमार ढकाल , धनेन राई , फिरोज ढकाल, खगेन्द्र राई , डम्बर लिम्बू, भिम बहादुर थापा ,सन्तोष काफ्ले (उमाकान्त), आशिष घिमिरे लगायत छन् ।
पार्टी सदस्यहरुले दिएको राजीनामा प्रति नगर अध्यक्ष महेन्द्र भट्टराईले राजीनामाको बिषय हल्ला मात्रै भएको वताउदै त्यस्ता भ्रममा नपर्न आग्रह गरेका छन् । साथीहरु चुनावी कार्यक्रममा ब्यस्त भएको बेला बैठक पुस्तिकाको दुरुपयोग गरि अतिरञ्जित प्रचार गरिनु गलत भएको उनले बताए । पार्टीमा सैद्धान्तिक बिषयमा कसैको असहमत भए छलफलबाट निकास निकाल्न नगर समिति तयार रहेको पनि उनले उल्लेख गरेका छन् । उनले पार्टी भित्र गल्ती गर्न कसैलाइ पनि छुट नभएको स्पष्ट पारे ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : ४६ बजे