४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गिरी समाज कल्याण परिषद गाैरीगंजकाे शुभकामना आदानप्रदान सम्पन्न



गाैरीगंज १०, कार्तिक / गिरी समाज कल्याण परिषद गाैरीगंजले बुधबार शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ स्थित जागिर काली मन्दिर परिसरमा सम्पन्न कार्यक्रमकाे प्रमुख अतिथि गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष फेका गिरी थिए ।
कार्यक्रममा गिरी समाजकाे उत्थान र चाैतर्फी विकासका लागि स्थानिय सरकारकाे विशेष ध्यान जानू पर्ने कार्यक्रमका वत्ताहरूले बताएका थिए । शिक्षा, स्वास्थ र कृषिमा पहुँच नभएका कारण गिरी समाज अहिले पनि पछाडि परेकाे उनीहरूले बताएका थिए । कार्यक्रमका विशिष्ट अतिथि गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीले समाजका उत्थानका लागि गिरी समाज एकजुट हुनु पर्ने बताएका थिए । उनले गिरी कल्याण परिषद संस्थागत रूपमा दर्ता गरि अगाडि बढ्न आफूले सहयाेग गर्ने बताएका थिए । नेपाल र भारतमा रहेका गिरी बन्धुहरूकाे पहिचान र एकजुट गर्दा मात्र समाजकाे उत्थान हुने वार्ड अध्यक्ष गिरी धारणा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि तथा गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का वडा अध्यक्ष फेका गिरीले गिरी समाजकाे आफ्नै भाषा, संस्कृति र पहिरण भए पनि दिनानुदिन लाेप हुँदै गएकाे चिन्ता व्यक्त गरेका थिए । प्रमुख अतिथि गिरीले गिरी समाजकाे शिक्षा, राेजगार र स्वास्थ्यमा जबसम्म परिवर्तन हुदैन तबसम्म केही नहुने धारणा राखेका थिए । स्थानिय सरकार वार्ड नं. ४ का वार्ड अध्यक्ष भएकाे नाताले आफू सक्दाे सहयाेग गर्ने र सदैव समाजकाे उत्थानमा क्रियाशिल रहने वार्ड अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गिरीले बताएका थिए ।
विभिन्न मनाेरञ्जनात्मक नृत्य तथा गित प्रस्तुत गरिएकाे उत्त कार्यक्रमकाे अध्यक्षता गिरी कल्याण परिषद गाैरीगंजका अध्यक्ष देवराज गिरीले गरेका थिए ।
कार्यक्रममा माेरङ्ग रतुवामाई नगरपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष घनश्याम गिरी, पत्रकार आत्माराम राजवंशी, समाजसेवी कांग्रेस गिरी, लभकिशाेर गिरीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम वार्ड नं. ४ का वार्ड सदस्यहरू रेखा कुमारी राजवंशी, पदम श्रेष्ठ, मंगलचन गिरी, गाेपाल प्रसाद गिरी, देवकुमार ताजपुरिया, जाेसना राजवंशीलयायत भवानीपुर प्रहरी चाैकीका प्रतिनिधि, विभिन्न संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधिहरूकाे सहभागिता रहेकाे कार्यक्रमकाे स्वागत उमेश गिरीले गरेका थिए ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहिबार  ८ : १२ बजे