१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सशस्त्र प्रहरी बल गाैरीगंजद्वारा पटका बरामद, खाल्डोमा पुरी पटका नष्ट



गाैरीगंज ४, कार्तिक / भारतबाट अबैध रुपमा नेपाल तर्फ पटका भित्रने क्रममा गाैरीगंजबाट चालीस हजार मूल्य बराबरको पटका बरामत गरेको छ ।

सशस्त्र सीमा सुरक्षा वल गाैरीगंजबाट खटिएको प्रहरी टोलीले चकलेट बम (पटका) बरामद गरेको हो। सो पटकाको मूल्य करिब ४० हजार पर्ने सशस्त्र सीमा सुरक्षा वल गाैरीगंजका प्रहरी निरीक्षक केदारजङ्ग थापाकाे भनाई छ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ स्थित बालुगाउँ क्षेत्र बाट साइकलमा बोरालोड गरी बिष्पोटक पदार्थ पटका ल्याउदै गरेको भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले सो पटका बरामद गरेकाे र ल्याउने व्यक्तिहरु साइकल छाडी फरार भएकोले उनीहरुको खोजि तथा सो बिषयमा अनुसन्धान गर्ने भइरहेको प्रहरीले बताएको छ। उत्त पटकाहरू खाल्टाेमा पुरी नष्ट गरिएकाे छ । गाैरीगंज गाउँपालिका वार्ड नं. ५ का वडा अध्यक्ष विजय प्रसाद सिंह, झापा उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे, नेका वडा सभापति सन्ताेष कुमार सिंह गन्गाईलयात संचारकर्मीहरूकाे उपस्थिति थियाे ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ११ बजे