१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापा क्षेत्र नं. ५ (क) प्रदेशकाे निर्वाचन हाँक्न गठबन्धनकाे निर्वाचन परिचालन समिति गठनसंगै विभिन्न उपसमितिकाे घाेषणा



दमक/ झापाको संघीय निर्वाचन क्षेत्र ५ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा पाँच दलीय गठबन्धनले आसन्न निर्वाचन हाँक्ने नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ ।
क्षेत्र नं ५ को निर्वाचन परिचालन समितिका संयोजकसहित क्षेत्रमा क्रियाशील शीर्ष नेताहरुको उपस्थितीमा आज गौरादहको सिटी सेन्टरमा आयोजित संक्षिप्त कार्यक्रमका बीच निर्वाचन परिचालन समितिसंगै विभिन्न उपसमितिहरुको घोषणा गरिएको हो ।

क्षेत्र नं ५ (क) का प्रत्यासी उम्मेदवार तथा नेपाली कांग्रेसका प्रदेश सभा क्षेत्र ‘क’का सभापति जिवन राईको सभापतित्व र क्षेत्रीय निर्वाचन परिचालन समितिका संयोजक ढुण्डीराज भण्डारीको प्रमुख आतिथ्यमा भएको घोषणा कार्यक्रममा प्रदेश क्षेत्रको निर्वाचन परिचालन समितिको नेतृत्व युवा नेता एवं कांग्रेस महाधिवेशन प्रतिनिधि हेमन्त कार्कीले गर्छन् ।

महिला नेतृ सरस्वती सेढाइँको संयोजकत्वमा सहसंयोजक सुमित्रा खरेल र गौरी राई तथा सचिवमा इन्दिरा रिमाल रहेको महिला परिचालन समिति , दिपक खडकाको संयोजकत्वमा तारा श्रेष्ठ र सुनिल खडका सहसंयोजक रहेको युवा परिचालन समिति र आत्माराम राजवंशीको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा सुचना संकलन समिति गठन भएको जानकारी गराइएको छ ।
सो घोषणा कार्यक्रमसंगै सिटी सेन्टरमा प्रदेश सभा क्षेत्रस्तरको चुनाव प्रचार प्रसार मुल समितिको कार्यालय समेत स्थापना गरिएको छ ।

सो अवसरमा संयुक्त गठबन्धनको तर्फबाट क्षेत्र नं ५ का प्रत्यासी उम्मेदवार डा. खगेन्द्र पाण्डव अधिकारी, पार्टीका केन्द्रिय निर्वाचन सूचना संकलन तथा समन्वय समितिका सदस्य समेत रहेका नेता पदम बहादुर पौडेल, नेकपा माओवादी केन्द्रका समानुपातिक तर्फका संघीय संसद उम्मेदवार हुकुमसिंह नेपाली, नेता, दुर्गा चौंलागाइँ लगायतले यसपटकको निर्वाचनमा यस क्षेत्रका मतदाताले बिकास, सुशासन र लोकतान्त्रिक संविधानको रक्षाका लागि संयुक्त गठबन्धनका तीनै जना उम्मेदवारहरुलाई विजयी गराउने विश्वास व्यक्त गरे ।

गठबन्धनका तर्फबाट क्षेत्र नं ५ बाट डा. अधिकारीले दोश्रो पटक उम्मेदवारी दिएका हुन भने प्रदेश सभा क्षेत्र क र ख का उम्मेदवार जिवन राई र गगन पुरी यो क्षेत्रका स्थापित युवा व्यक्तित्व हुन । पटक पटक एउटै पार्टी र एउटै नेतृत्व हुँदा यो क्षेत्रमा न्यायोचित बिकास हुन नसकेको भन्दै गठबन्धनले साझा र समावेशी उम्मेदवार अघि सारिएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ५४ बजे