१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘छाेटाे समयमै दर्जनाै काम गरेकाे फेहरिस्त छ’ : अध्यक्ष राजवंशी, शुभकामना आदानप्रदान कार्यक्रममा रेडक्रस सभापति ढकाललाई सम्मान




गाैरीगंज १४, असाेज / गाैरीगंज गाउँपालिकाले दशैं, शुभ दिपावली र छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान आज शुक्रबार कार्यक्रम सम्पन्न गरेकाे छ ।
नेेेेपाल रेडक्रस साेसाईटी गाैरीगंज शाखाकाे समन्वयमा सम्पन्न कार्यक्रममा प्रबल जनसेवाश्री पदकबाट बिभुषित हुनु भएकोका नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष सामाजिक ब्यक्तित्व लोकराज ढकाललाई सम्मान गरिएकाे थियाे ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी उपाध्यक्ष पुजन न्याैपाने कुँवर, प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले खादाँ ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष राजवंशीले बाहिर सुनिएकाे जस्ताे र केही मिडियाले हल्ला गरे जस्ताे नभएकाे भन्दै गाउँपालिकाले गरेकाे कामकाे प्रगति पनि आमनागरिक समक्ष पुर्याउन मिडियाकाे दायित्व भएकाे बताईन् । दुई महिना भित्र प्राथमिक स्वास्थ्य केन्द्र गाैरीगंजलाई अाधारभुत अस्पतालकाे रूपमा स्थापना गरेर भिडियाे एक्सरे सहित १ कराेड रूपैयाँ भन्दा वढीकाे स्वास्थ्य सामाग्रीहरू अनुदानमा ल्याउनु, गाैरीगंज गाउँपालिका वार्ड नं. २ स्थित टटुवामारीकाे सिमसार क्षेत्रलाई संघिय सरकारकाे ३ कराेड ५० लाख र गाउँपालिकाकाे १ कराेड ५० लाख रूपैयाँकाे लागतमा हाल निर्माण भईरहेकाे, करिब ८ सय ३५ जना सुकुम्बासी परिवारलाई प्रथम चरणकाे जग्गाकाे निस्सा दिएकाे, विभिन्न याेजनाहरूकाे ठेक्का टेण्डर आवह्वान गरि निर्माण प्रक्रिया अगाडि बढाईरहेकाेलगायतका दर्जनाै कार्यहरूकाे फेहरिस्त छाेटाे समयमै गाउँपालिकाले गरेकाे अध्यक्ष राजवंशीले सुनाईन् ।
गाैरीगंज गाउँपालिकाकाे विभिन्न बाटाेकाे निर्माण, ढल निर्माणलगायत कामहरू क्रमिकरूपमा अगाडी बढीरहेकाे र कृषकहरूलाई अनुदान तथा साझेदारीमा माेटर, पम्प सेट वितरण गर्नुका साथै विजुली पाेल र तारहरू विभिन्न वडाहरूमा जडान गरि नागरिकहरूलाई सेवा प्रदान गरेकाेप्रति स्थानिय मिडियाकाे ध्यान नगएकाे अध्यक्ष राजवंशीले आराेप लगाईन् ।
सामुदयिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का करिब ३ सय भन्दा बढी विद्यार्थीलाई निशुल्कमा पढाउने भनेर कार्यपालिकाकाे पहिलाे वैठकबाट निर्णय गरेकाे स्मरण गर्दै त्यसकाे बारेमा मिडियाकाे ध्यान किन नगएकाे ? अध्यक्ष राजवंशीले मिडियाप्रति लक्षित गर्दै उनले भनिन् – त्याे मात्र हाेईन् सर्पले टाेकेकाे विरामीलाई अस्पतालसम्म लाने खर्च व्याेहाेरेकाे, छाेरी जन्मेकाे खण्डमा उनकै नाममा बैक खाता खाेल्नेलगायतका कैयन कार्यहरू गरिरहेकाे अध्यक्ष राजवंशीले जानकारी दिईन् । अध्यक्ष राजवंशीले गाउँपालिकाकाे विकास, उन्नति र प्रगतिकाे लागि सबैकाे साथ र सहयाेगबाट मात्र सम्भव हुने बताईन् ।
कार्यक्रममा गाैरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपानेले गाउँपालिकाले अाम गाैरीगंजवासीका लागि सधै चिन्तित रहेकाे बताउँदै गाउँपालिकाले छाेटाे अवधिमै धेरै कामहरू गरेकाे बताईन् । न्याय सम्पादनदेखि विकास निर्माणका कार्यहरूमा जति काम हुनु पर्ने त्यति हुन नसकेकाे भएपनि हालसम्म भएकाे कार्यहरू अामनागरिककाे पक्षमा भएकाे उपाध्यक्ष न्याैपानेले बताईन् ।
कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताे, नेकपा एमालेका गाउँ कमिटि अध्यक्ष गाेविन्द कुँवर, नेपाल रेडक्रस साेसाईटिका झापा अध्यक्ष लाेकराज ढकाललगायतले आ- आफ्नाे धारणा राख्दै शुभकामना आदान प्रदान गरेका थिए ।
कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं.३ का वडा अध्यक्ष श्रवण गिरी, वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादव, ईलाका प्रशासन कार्यालयका प्रमुख चुडामणि अापगाई, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक जितेश दाहाल, जेष्ठ नागरिक संघ गाैरीगंजका अध्यक्ष भाेला खतिवडा, रेडक्रस झापाका शाखाका प्रतिनिधि, रेडक्रस साेसाईटिका गाैरीगंज सभापति यादव रिजाल, कार्पालिका सदस्यलगायत विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूकाे सहभागीता थियाे ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार  ८ : ४० बजे