३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

झापाका ५ वटै निर्वाचन क्षेत्रका लागि आयाेगले स्थापना गर्याे निर्वाचन अधिकृतकाे कार्यालय




काठमाडौ ४, असोज / निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ । झापा क्षेत्र नं. १ का लागि मेचीनगर नगरपालिका, क्षेत्र नं. २ का लागि विर्तामोड नगरपालिका, क्षेत्र नं. ३ का लागि जिल्ला सदरमुकाम, क्षेत्र नं. ४ का लागि कन्काई नगरपालिका र क्षेत्र नं. ५ का लागि दमक नगरपालिकामा निर्वाचन अधिकृतकाे कार्यालय रहने स्थान अायाेगले ताेकेकाे छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ९ : ०२ बजे