१४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026

नेपाल सन्थाल आदिवासी उत्थान संघ गौरीगंजको पहिलो ऐतिहासिक अधिवेसन सम्पन्न, अध्यक्ष पदमा राइसिन हेम्ब्रम



गौरीगंज २७, भदौ / नेपाल सन्थाल आदिवासी उत्थान संघ गौरीगंजको पहिलो ऐतिहासिक अधिवेसन सम्पन्न भएको छ । संघको पहिलो अधिवेसनबाट राइसिन हेम्ब्रम अध्यक्ष पदमा सर्वसम्मतरुपमा चयन भएका छन् । अधिवेशनले अध्यक्षसहित १३ सदस्यीय गाउँपालिका स्तरिय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा रानी सोरेन (गौरिगज १), सचिवमा जगन मूर्मू (गौरिगज ५), सहसचिवमा मर्कूस (चोडे गौरिगज ६), कोषाध्यक्षमा तिला मूर्म (गौरिगज ५), सदस्यमहरुमा सूनिल टूडू (गौरिगज २), सर्मीला सोरेन (गौरिगज २), श्याम हेम्ब्रम (गौरिगज १), बिजय बास्की (गौरिगज ६), निमाई सोरेन (गौरिगज३), कान्छा टूडू (गौरिगज २), एतवार टूड (गौरिगज ४),लखन हेम्ब्रम (गौरिगज ४) रहेका छन् ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ को शिवालय मन्दिरको सभाहलमा सोमवार सम्पन्न नेपाल सन्थाल आदिवासी उत्थान सघं गौरीगंजको ऐतिहासिक प्रथम अधिवेशन तदर्थ समितिका अध्यक्ष जेठा मूर्मूको अध्यक्षता र गौरीगंज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरको प्रमूख आथित्यतामा भएको थियो । कार्यक्रममा गौरीगंज गाउँपालिका वडा नं. ३ का अध्यक्ष श्रवण गिरी, आदिवासी जनजाति महासंघ गौरीगंजका अध्यक्ष गंगा राजवंशी, गौरीगज दर्पणका सम्पादक मदन राजबंशी साथै नेपाल सन्थाल आदिवासी उत्थान संघ केन्द्रीय कमिटी सदस्य श्री बिरेन्द्र मर्डी र जिल्ला कमिटी सदस्य कूबराज मूर्मू लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २८ भदौ २०७९, मंगलबार  ७ : ०८ बजे