१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजसहित झापामा थप २० जनामा काेराेना संक्रमण


१७ असार २०७७, बुधबार  

0
Shares

20200528_210918
गाैरीगंज १७, असार / गाैरीगंजसहित झापामा आज थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा ११ जना महिला र ९ जना पुरुष रहेका छन् ।

मेचीनगरका ६ महिलासहित ७ जना, बुद्धशान्तिका २ महिलासहित पाँचजना, गौरदहमा ३ महिलासहित सात जना र गौरिगञ्जमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको झापा जनस्वास्थ्य कार्यलयका फोकल पर्सन जीवन चौँलगाइले जानकारी दिए । उनीहरु सबै विदेशबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए ।

यो सँगै झापामा कुल संक्रमितको संख्या २४९ पुगेको छ र डिस्र्चाज हुनेको संख्या १७२ पुगेको छ ।

प्रकाशित मिति : १७ असार २०७७, बुधबार  १ : ०८ बजे