३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंज वाणिज्य संघकाे आयाेजनामा आपराधिक गतिविधि न्युनिकरण र नियन्त्रण गर्न संघसंस्थाबीच अन्तरक्रिया



गाैरीगंज २३, भदाै / पछिल्लाे समयमा गाैरीगंज क्षेत्रमा बढ्दाे आपराधिक गतिविधिहरूलाई न्युनिकरण गर्न झापा उद्योग वाणिज्य संघ गाैरीगंजले अन्तर्किया कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेकाे अध्यक्षतामा आज भएकाे अन्तरक्रिया कार्यक्रममा यस क्षेत्रमा बढ्दाे आपराधिक गतिविधिलाई न्युनिकरण र नियन्त्रण गर्न सहभागी सुरक्षा प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख, संचारकर्मीलगायतले सुझाव सुझाएका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ र ६ अन्तर्गत खजुरगाछी गाैरीगंज बजारमा चाेरीका घटना बढेकाे हाे ।
कार्यक्रममा यस क्षेत्रकाे मुल सडक र चाैकहरूमा सिसि क्यामेरा जडान र सञ्चालन गर्ने, सडक बत्ती जडान गर्नु पर्ने, युवाहरूलाई स्वराेजगारकाे व्यवस्था गर्नु पर्ने, स्कुल र क्याम्पसहरूमा अध्ययनरत विद्यार्थीलाई लागुअाैषधी सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन गर्ने, खुल्ला नाकामा सुरक्षाकर्मीकाे सक्रिय चेकजाँच गर्नु पर्ने, मादकपदार्थ बेचविखन गर्ने हाेटल तथा पसलहरू बेलैमा बन्द गराउनु पर्नेलगायतका सुझावहरू दिएईएकाे थियाे ।
कार्यक्रममा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी र वार्ड नं. ६ का अध्यक्ष बद्री नारायण यादवले शुभकामना मन्तव्य दिएकाे कार्यक्रममा गाैरीगंजका सुरक्षा प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख, वैंक तथा वितिय संस्थाका प्रमुख, विद्यालयका प्रअ, वाणिज्य संघका प्रतिनिधि, बजार व्यवस्थापन समितिका अध्यक्षलगायत व्यापारीहरूकाे सहभागीता थियाे । उद्योग वाणिज्य संघ गाैरीगंज शाखाका कार्यालय सचिव राेशन यादवले कार्यक्रम सञ्चालन गरेकाे थियाे ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहिबार  ७ : २२ बजे