१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

फेसबुक स्टाट्सप्रति शैक्षिक संघ संघठनहरूकाे आपत्ति, कानुनी दायरामा ल्याउन माग



गाैरीगंज १९, साउन / सामुदायिक विद्यालयका शिक्षकहरूकाे मानमर्दन हुने गरि सामाजिक सञ्जालमा स्टाटस लेखेकाे भन्दै गाउँपालिकालाई ध्यानाकर्षण गराएकाे छ ।
केही दिन अघि नवीन गिरी भन्ने व्यक्तिले सामाजिक सञ्जालमा सामुदायिक विद्यालयका शिक्षकरूलाई लक्षित गरि भ्रमपुर्ण र तथ्यहिन विषयवस्तुलाई लिएर आपत्तिजनक शब्दहरू प्रयाेग गरि शिक्षकहरूलाई अपमान गरेकाे भन्दै शैक्षिक सराेकारवाला संघ संगठनका प्रतिनिधिहरूले गाैरीगंज गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुंवरलाई आज विहिवार ध्यानाकर्षण गराएका हुन् ।
शिक्षक महासंघ गाैरीगंज, नेपाल शिक्षक संघ गाैरीगंज, शिक्षक संगठन गाैरीगंज, सामुदायिक विद्यालयका प्रअलगायत सराेकारवाला संघ संगठनहरूले नवीन गिरी भन्ने व्यक्तिले आफ्नाे फेसबुक एकाउन्ट मार्फत शिक्षकहरूकाे मनाेवल गिराउने र वितृष्णा पैदा गर्ने खालकाे शब्द प्रयाेग गरेकाेप्रति आपत्ति जनाउदै निज गिरीलाई कानुनकाे दायरामा ल्याई सत्य तथ्य बुझ्न शिक्षा शाखासंग अाग्रह गरेका छन् । गाउँपालिकाकी उपाध्यक्ष पुजन न्याैपाने कुवंर, प्रशासकिय अधिकृत कृष्ण बहादुर कार्की, शिक्षा शाखाका प्रतिनिधिसंग उनीहरूले त्यस्ताे आग्रह गरेका हुन् ।
नविन गिरीले आफ्नाे फेसबुक एकाउन्टमा गाैरीगंजका सामुदायिक विद्यालयका शिक्षकहरूलाई लक्षित गरि यसरी स्टाटस लेखेका छन् ।
https://m.facebook.com/story.php?story_fbid=5171527139592438&id=100002056107068
गौरीगंज गाउपाली अन्तर्गत रहेका सामुदायिक विद्यालय मा राजनीति गर्ने शिक्षक हरुको आतंक छ। राजनीति को खोल ओडेर जे पनि गर्न पछि नहट्ने यो कस्तो विडम्बना हो?? माथिल्लो निकाय के हेरेर बसेको छ?? गौरीगंज शिक्षा शाखा अधिकृत र नपुंसक जनप्रतिनिधि हरु के हेरेर बसेको छ ?? विद्या को मन्दिर मा राजनीति को अड्डा बनाउने भाइरस हरु लाई निष्क्रिय गर्ने कि नगर्ने?? शिक्षा मा सुधार शिक्षा मा सुधार मात्र भनेर हुन्छ?? वडा नं १ को बाल कल्याण मा.वि मा हुदैं आइरहेको आर्थिक अनियमितता को बारेमा छानविन खै ??ध्यानाकर्षण दिने कि नदिने?? सरकार ले विद्यार्थी लाई दिएको दिवा खाजा बापत रु.१५ मा पनि र्याल चुवाउने यो कस्तो मानसिकता हो?? हाम्रो युवा टोली आज बाट छड्के अनुगमन मा लागीसकेको छ। को कहा कति खेर समातिनु हुन्छ सतर्क रहनुहोला यो कुराको हेक्का रहोस नेपाल सरकाले शिक्षक लाई विद्यार्थी पढाउन पठाएको हो। भष्टचार र राजनीति गर्न हैंन धन्यवाद????

‘सामाजिक सञ्जाल मार्फत सार्वजनिकरूपमा सामुदायिक विद्यालयक शिक्षकहरूलाई लक्षित गरि मानमर्दन हुने गरि जे मन लाग्याे त्यही लेख्न पाईदैन’, शिक्षक प्रकाश चन्द्र राजवंशीले भने – कुनै विषयवस्तुमा चित्त नबुझे सम्बन्धि निकाय वा व्यक्तिसंग बुझ्न सकिन्छ तर मनपरि लेख्न कसैलाई छुट हुदैन ।’

‘स्थानिय सरकार भएकाे कारणले गाउँपालिका अन्तर्गत शिक्षा शाखालाई पहिलाे पटक आग्रह गरेका छाै ,’ शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष गाेपाल ताजपुरियाले भने – ‘नवीन गिरी भन्ने व्यक्तिसंग साेधपुक्ष गरि सत्य तथ्य बाहिर ल्याअाेस हाेईन भने हामी साईवर अपराध अन्तर्गत मुद्वा चलाउन बाध्य हुन्छाै र कार्वाही गर्छाै ।’

के हाे साइबर क्राइम ? गाली बेइज्जती र मानहानि सम्बन्धी यस्ताे छ कानुनी व्यवस्था ।

सभ्य र शालीन भाषामा कसैको स्वच्छ आलोचना गरिन्छ भने त्यसलाई स्वभाविक नै मानिन्छ । तर यसो गर्दा कानूनले बन्देज लगाएका विषयवस्तु, व्यक्तिगत गालीगलौज वा चरित्र हत्या गर्ने  शब्दावलीको प्रयोग भने हुनुहुँदैन ।सामान्यतया कसैप्रति रिस र क्रोधले उसकै अगाडि व्यक्त गरिने अपमानजनक बचन वा दुर्वाच्य गाली हो भने कसैको मान, प्रतिष्ठा, चरित्र, इज्जत र हैसियतमा आघात पुर्याउने मनसायले सार्वजनिक रूपमा गरिने अनादर वा अपमान बेइज्जती हो । यसरी गालीभन्दा बेइज्जतीमा कसूरको गाम्भिर्यता अलिक बढी हुन्छ । 

नेपालको सन्दर्भमा कसैलाई होच्याउने नियतले बोली वा बचनले अपमानजनक शब्द प्रयोग गरेमा गाली गरेको मानिन्छ र गाली गर्ने वा गराउने व्यक्तिलाई एक बर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ (मुलुकी अपराध संहिता, २०७४, दफा ३०५)।
यसैगरी,  कुनै पनि किसिमबाट जानी जानी अरुको इज्जतमा धक्का पुर्याउने वा कसैको चरित्रहत्या गर्ने वा दोष लगाउने कुनै पनि कार्यलाई बेइज्जती गरेको मानिन्छ । बेइज्जती गर्ने वा गराउनेलाई दुई बर्षसम्म कैद वा बीस हजार रुपैयँसम्म जरिवाना वा दुवै सजाय हुन्छ भने विद्युतिय वा आमसञ्चारका माध्यमबाट बेइज्जती गर्ने गराउनेलाई थप एक बर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुन्छ (मुलुकी अपराध संहिता, २०७४, दफा ३०७)। हाल गिरी विदेश बस्ने गरेकाे बुझिएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ९ : ५५ बजे