११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

ओलीको वाणका कारण झापाको विकास अलमलमा


११ मंसिर २०७४, सोमबार  

0
Shares

gauradaha-poudel-n-deuba

गौरादह ११, मंसिर / नेपाली कांग्रेसका केन्द्रिय सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले समावेशी लोकतन्त्रको पक्षमा भोट नखसाले लोकतन्त्र नै खतरामा पर्ने बताएका छन् । झापाको गौरादह सोमबार आइपुगेका देउवा यो चुनावमा एकदलिय कम्युनिष्ट शासन रोज्ने कि लोकतन्त्र रोज्ने बीचको निर्वाचन भएको भन्दै आम जनताले सोच्नु पर्ने बताए । नेपाली जनताको अथक प्रयासबाट समावेशी लोकतन्त्र आएको भन्दै सबैले यसलाई रक्षा गर्नु पर्ने बताए । बाम गठबन्धन भनेर एमालेले मधेशी पहाडीबीचको सद्भावलाई खल्बलाउने र खोक्रो राष्ट्रबादको नारा दिएर जनतालाई अलमलाउने काम गर्दै आएको बताए ।
प्रधानमन्त्री देउवा हेलिकप्टरमा दिउँसो करीब २.१५ बजे गौरादह अवतरण हुनु भएको हो । उहाँसंगै चुनावी आमसभालाई सम्बोधन गर्न पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु पनि आईपुग्नु भएको थियो । दुवै शीर्ष नेतासहित केन्द्रिय सदस्यहरुलाई सर्वसाधारणसहित कांग्रेसका कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । मध्यान्ह १२ बजेदेखि शुरु भएको चुनावी आम सभामा झापा क्षेत्र नं. ५ का साथै आसपासका क्षेत्रबाट समेत ठूलो संख्यामा कांग्रेस कार्यकर्ता, शुभचिन्तक र समर्थकहरु आएका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको वाम गठबन्धन मुलुकलाई निरंकुशता तर्फ लैजाने चालबाजी भएको टिप्पणी गर्दै त्यस्तो चालबाजीको कुनै औचित्य नभएको बताउनु भएको छ । झापा –५ को गौरादहमा आज आयोजित बृहत चुनावी आम सभालाई सम्बोधन गर्दै उहाँले भन्नु भयो – देशलाई निरंकुशता र एकतन्त्रीय शासन व्यवस्थामा लैजान वा कुनै किसिमको जञ्जीरमा बाँधिन नेपाली जनता तयार छैनन ।
सबै लोकतन्त्र पक्षधर जनताले कांग्रेसलाई निर्वाचनमा जिताउन आवश्यक रहेको पनि उहाँले उल्लेख गर्नु भयो । मुलुकको राजनीतिक परिवर्तनका आन्दोलनहरुमा नेतृत्वदायी भुमिका निर्वाह गरेको नेपाली कांग्रेसले मात्रै अहिले सम्मका राजनीतिक उपलब्धीहरुको रक्षा गर्ने पनि उहाँको भनाई छ ।
कांग्रेसले राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा निर्वाह गर्दै आएको नेतृत्वकारी भुमिकाको जनताले उच्च मुल्याङकन गर्नेमा आफू विश्वस्त रहेको पनि नेता पौडेलले उल्लेख गर्नु भयो । सभालाई सम्बोधनको पहिलो चरणमै वरिष्ठ नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको वाणका कारण झापाको विकास अल्मलमा परेको आरोप पनि लगाउनु भयो । ओलीको निर्वाचन क्षेत्र नेता पौडेलले उखान टुक्का र व्यङग्यले मात्रै मूलुकको विकास र समृद्धि नहुने पनि बताउनु भयो ।
अघिल्ला निर्वाचनहरुमा नेकपा एमालेको बलियो प्रभाव रहेको तर गएको स्थानीय तह निर्वाचन लगायत अन्य संघ संस्थाका निर्वाचनहरुमा कांग्रेसले पकड जमाउन सफल भएको क्षेत्रका रुपमा गौरादह क्षेत्रलाई लिइन्छ । यस पटक झापाको क्षेत्र नंं ५ मा कांग्रेसबाट प्रतिनिधीसभाका लागि डा. खगेन्द्र पाण्डव अधिकारी र प्रदेशसभा तर्फ अनिलकृष्ण प्रसाई र राजन ढुंगाना उम्मेद्वार बनेका छन् ।

image1
image2
image3
image4

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार  ११ : ३८ बजे