३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

सामाजिक सञ्जालद्वार गाैरीगंज अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण, विपत्त व्यवस्थापनका लागि मस्यौदाबारे छलफल



गाैरीगंज ३, साउन /
लुथरन विश्व फेडेरेशन नेपालकाे आर्थिक सहयाेगमा न्याय तथा विकासका लागि सामाजिक सञ्जालले गाैरीगंज गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ ।
मंगलवार सामाजिक सञ्जालले स्वास्थ्य सेवामा केही सहयाेग पुग्ने उदेश्यले गाैरीगंज अस्पतालका लागि करिब ४९ हजार ८ सय बराबरकाे स्वास्थ्य सामाग्रीहरू गाउँपालिकाका अध्यक्ष फूलबती राजवंशीलाई हस्तान्तरण गरेकाे हाे ।
सामाजिक सञ्जालले मास्क, सर्जिकल ग्लाेब्स, डस्टविनलगायतका स्वास्थ्य सामाग्रीहरू हस्तान्तरण गरेकाे थियाे ।
त्यसैगरी स्थानिय विपत्त तथा जलवायु उत्थानशिल याेजना र पुर्व तयारी याेजना तथा प्रतिकार्य याेजना मस्याैदाबारे सराेकारवालाहरूसंग छलफल भएकाे थियाे ।
गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा उपाध्यक्ष पुजन न्याैपाने, प्रमुख प्रशासकिय अधिकृत कृष्ण कार्की, संस्थाका अध्यक्ष साेमनाथ भट्टराई , वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी, वार्ड नं. २ का अध्यक्ष किनालाल राजवंशी, कार्यपालिका सदस्य अघ्नुप्रसाद राजवंशी , सन्तलाल ताजपुरिया , राधा अधिकारी, फेडेरेसनका कुमार चुडाल, रेडक्रस साेसाईटी गाैरीगंजका अध्यक्ष यादव रिजाल, उद्योग वाणिज्य संघ गाैरीगंजका अध्यक्ष मखना महताेलगायत स्वास्थ्य, शिक्षा, कृषि, पशु शाखाका प्रमुख, कर्मचारी लगायतकाे उपस्थिति थियाे ।
सञ्जालले यसअघि स्थानिय विपद् तथा जलवायु उत्थानशिल याेजना निर्माणका लागि यहाँ गाउँपालिका र वडा स्तरिय प्रकाेपकाे स्तरीकरण र याेजनाका विषयमा छलफल गराएकाे थियाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ देखि ६ सम्मका जनप्रतिनिधि, पार्टी प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, सराेकारावालावीच छलफल भएकाे थियाे ।
प्रकाेप स्तरीकरण गर्दा बाढी, हावाहुरी, पशु साढे , कुकुर, बाली राेग, शीतलहर, महामारी,सडक दुर्घटना, अागलागी, सर्पदंश, चट्याङ, असिनापानी रहेकाे छ ।
वाढीकाे उच्च जाेखिम क्षेत्र पहिचान, विपत पुर्वकाे तयारी र प्रतिकार्य याेजनासहितकाे अभिमुखिकरण तथा छलफल र जाेखिम न्युनिकरणका लागि वजेट लागत र वजेटकाे सुनिश्चितता विषयमा छलफल भएकाे थियाे ।
प्रदेश विपद् कार्यकारी समिति सदस्य तथा विपद् विज्ञ रामकुमार दाहालले सहजीकरण गरेका थिए ।
कार्यक्रममा जाेखिम क्षेत्रकाे पहिचान, जाेखिम न्युनिकरणका लागि वजेट लागत र वजेटकाे सुनिश्चितता विषयमा छलफल भएकाे थियाे भने भुस्याहा कुकुरकाे आतंकबाट बच्न संगिनी सुई लगाउने सम्मकाे विषयमा छलफल भएकाे थियाे ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : ४१ बजे