३० माघ २०८२, बिहिबार | Thu Feb 12 2026

रासविस गाैरीगंजकाे अध्यक्षमा गाेपाल राजवंशी निर्वाचित



गाैरीगंज २७, असार / राजवंशी समाज विकास समिति गाैरीगंजकाे अध्यक्षमा गाेपाल प्रसाद राजवंशी निर्वाचित भएका छन् ।
उनले २५ मतले अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धि प्रमाेद कुमार राजवंशीले ४ मत ल्याएका थिए । त्यसैगरि महिला उपाध्यक्षमा जसना राजवंशी निर्वाचित भएकी छन् । उनले १८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी रूकमणी राजवंशीले १० मत ल्याएका थिए ।
राजवंशी समाज विकास समिति गाैरीगंजकाे पहिलाे अधिवेशनकाे पहिलाे चरणकाे अाैपचारिकरूपमा आईतवार सम्पन्न भएकाे थियाे भने अाज साेमवार निर्वाचन कार्यक्रम भएकाे थियाे ।
पुरूष अध्यक्षमा गंगा राजवंशी, सचिवमा तिलक राजवंशी, काेषाध्यक्षमा मेनुका राजवंशी, सहसचिवमा श्यामवती राजवंशी र सदस्यमा सर्वसम्मत भईसकेकाकाे निर्वाचन समितिका संयाेजक बरूण कुमार राजवंशीले जानकारी दिए । समितिमा १५ जना रहने छन् भने २ जना मनाेनित हुनेछन् ।
गाैरीगंज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे भने राजवंशी समाज विकास समिति केन्द्रीय सल्लाहकार देवीप्रसाद राजवंशीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे भने कार्यक्रममा जिल्ला अध्यक्ष दिनेश राजवंशी, सचिव मुनिलाल राजवंशी, देवेन्द्र राजवंशी, नाैताली राजवंशी, गाेपाल राजवंशी, प्रमाेद कुमार राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमकाे सञ्चालन तिलक राजवंशीले गरेका थिए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ४३ बजे