५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

आज पहिलाे दिन गाैरीगंजमा ४४ जनाले गरे व्यक्तिगत घटना दर्ता



फाेटाे: राजकुमार राजवंशी

गाैरीगंज २२, असार / राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग सँगको समन्वयमा गौरीगञ्‍ज गाउँपालिकाले अाज बुधवारदेखि व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा दर्ता शिविर सञ्चालन गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे पञ्जिकरण ईकाई गाैरीगंजकाे आयाेजनामा पालिकाकाे वार्ड नं. १ देखि ६ सम्ममै शिविर सञ्चालन गरेकाे हाे ।
प्रत्येक वार्डमा कम्तिमा ४ स्थानमा शिविर रहने गरि व्यवस्थापन गरेकाे शिविर असार २२ गते देखि असार २५ गतेसम्म रहने गाउँपालिका पञ्जिकरण ईकाई सेवाका फाेकल पर्शन राजकुमार राजवंशीले जानकारी दिए ।
अाज बुधबार पहिलाे दिन वार्ड नं. १ मा १२ जना, २ मा १२ जना, ३ मा १२ जना, ४ मा ५ जना , ५ मा १ र ६ मा २ जना गरि जम्मा ४४ जनाले व्यक्तिगत घटना दर्ता गराएकाे फाेकल पर्शन राजवंशीले जानकारी दिएका छन् ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता शिविर वडाका विभिन्न स्थानमा सञ्चालन हुने भएकोले सामाजिक सुरक्षा भत्ता लिन योग्य भई छुटेका नागरिकहरुले निवेदन दिई आफ्नो नाम दर्ता गराउनका साथै व्यक्तिगत घटना दर्ता गर्न बाँकी भएका नागरिकहरुले आफ्नो वडा कार्यालय वा पायक पर्ने दर्ता शिविरमा उपस्थित भई जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाईसराई जस्ता व्यक्तिगत घटना अनिवार्य रुपमा दर्ता गराउन गाउँपालिकाले माईकिङ्ग नै गरेर अाम गाैरीगंजवासीलाई सुचित गरेकाे छ ।

प्रकाशित मिति : २२ असार २०७९, बुधबार  ६ : ५४ बजे