३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

गाैरीगंज -५ मा स्वास्थ्य चाैकीकाे शिलान्यास, आजै अस्पतालका लागि ५ लाख बराबरकाे स्वास्थ्य सामाग्री विभागबाट प्रदान



गाैरीगंज २१, असार / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे गाैरीगंज खजुरगाछी प्राथमिक स्थास्थ्य केन्द्र अस्पतालकाे रूपमा सञ्चालन हुने भएकाे छ ।
आर्थिक वर्ष २०७९/८० काे श्रावण १ गते देखि प्राथमिक स्वास्थ्य केन्द्र १५ शय्याकाे गाैरीगंज अस्पतालकाे रूपमा स्वीकृति पाउने भएकाे छ । अस्पताल स्व हाल उत्त स्वास्थ्य केन्द्रमा तीन जना चिकित्सक कार्यरत छन् । अस्पतालमा डा. विनाेद साह (फिजिसियन), डा. विवेक कर्ण ( एमबीबीएस), डा. कुशल श्रेष्ठ ( एमबीबीएस) कार्यरत छन् । अस्पताललाई स्वास्थ्य विभागले ५ लाख बराबरकाे स्वास्थ्य सामाग्रीहरू निशुल्कमा प्रदान गरेकाे छ । अक्सिजन सिलिण्डरलगायत सामाग्रीहरू आज मंगलवार विहान गाैरीगंज गाउँपालिका वार्ड नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले स्वास्थ्य विभाग काठमाडौंबाट गाउँपालिकामा ल्याई पुर्याएका हुन् । उनले गाैरीगंज गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीलाई उत्त सामानहरू हस्तान्तरण गरेका थिए । वार्ड नं. ३ का अध्यक्ष श्रवण गिरी, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रलगायतकाे उपस्थिति थियाे । अस्पतालका अनुसार हाल १ सय देखि १ सय ५० सम्म दैनिक विरामीहरू स्वास्थ्य जाँच गर्न अाउने गरेकाे छ । गाउँपालिकाका अध्यक्ष फुलवती राजवंशीले स्वास्थ्य सेवालाई चुस्त दुरूस्त पारेकाे बताए । अध्यक्ष राजवंशीले अस्पतालका लागि डिजिटल भिडियाे एक्सरे मेसिन र एम्बुलेन्स पनि छिट्टै उपलब्ध हुने बताए

आजै स्वास्थ्य चाैकी शिलान्यास
गाैरीगंज गाउँपालिका वार्ड नं. ५ जनताचाैक छेउमा स्वास्थ्य चाैकी निर्माण हुने भएकाे छ । गाैरीगंज गाउँपालिकाकि अध्यक्ष फूलवती राजवंशीले विधिपुर्वक पुजाअर्चना गरि उत्त स्वास्थ्य चाैकीकाे शिलान्यास गरेकी हुन् । करिब ४० लाख रूपैयाँकाे वजेटबाट निर्माण हुने उत्त स्वास्थ्य चाैकी भवन शिलान्यास कार्यक्रममा वार्ड नं. ५ का अध्यक्ष विजय सिंह गन्गाई, वार्ड सदस्य देवनारायण सिंह गन्गाई, स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रलगायतकाे सहभागिता थियाे ।
वार्ड नं. ५ मा वार्डवासीलाई भाडाकाे घरबाट स्वास्थ्य सेवा दिईरहेकाे वडा अध्यक्ष विजय सिंह गन्गाईले बताए ।
सँधिय सरकारको रु ४० लाख बजेटबाट सो भवन निर्माण हुन लागेको हो ।‌ शिलान्यास कार्यक्रममा वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र लगायत वडा सदस्यहरु को उपस्थिति रहेको थियो ।‌ सो स्वास्थ्य चौकी को भवन बनाउन वडाध्यक्ष बिजय सिँह गन्गाई ले २ कट्ठा जग्गा दान गरेका हुन् ।‌

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ९ : ३३ बजे