६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

पुर्व मन्त्री कार्की र एमाले झापाका अध्यक्ष दिपक कार्की घरमा कुकर बम, नेपाली सेनाद्वारा निष्क्रिय बनाउने प्रयास



दमक१०, असार / नेकपा एमाले झापा जिल्ला अध्यक्ष दिपक कार्की तथा प्रदेश १ का पुर्व आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको झापाको गौरादहस्थित घर अगाडी संकास्पद बस्तु भेटिएको छ । झापाको गौरादह नगरपालीका वडा नम्बर ३ स्थित कार्कीको घरको मुख्य गेटनै अगाडी प्रेसर कुकरमा तार बेरिएको संकास्पद बस्तु भेटिएको हो । 
अहिले बिहान ५ बजे तिर प्रेसर कुकरमा तार बेरिए जस्तो गरि राखिएको संकास्पद बस्तु भेटिएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक दिलिप गिरीले जानकारी दिनुभयो । संकास्पद बस्तु भेटिएको ठाउँलाई अहिले ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरिक्षकको कमाण्डमा गएको टोलीले सुरक्षित राखेको र नेपाली शेनालाई खबर गरिएको उहाँले बताउनु भयो । झापाको मेचिनगर चारआलीस्थित नेपाली शेनाको क्याममा खबर गरिएकोले हाललाई उक्त स्थल सुरक्षा घेरामा राखेर घटनाको अनुसन्धान सुरु गरिएको उहाँले बताउनु भयो । 

प्रकाशित मिति : १० असार २०७९, शुक्रबार  ९ : २० बजे