४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

शिक्षा, स्वास्थ्य, कृषि र राेजगारीलाई प्राथमिकतामा राखेर वजेट विनियाेजन हुन्छ – अध्यक्ष फूलवती राजवंशी



गाैरीगंज ३१, जेठ / गाैरीगंज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशीले शिक्षा, स्वास्थ, कृषि र राेजगारीलाई विशेष प्राथमिकतामा राखेर वजेट निर्माण गर्ने बताएकी छन् ।
प्रत्येक वडाबाट याेजना छनाैट भई गाउँपालिकामा आईसकेपछि त्यसकाे आधारमा शिक्षा, स्वास्थ, कृषि र राेजगारीलाई विशेष प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने अध्यक्ष राजवंशीले बताएकी हुन् ।

साेमवार रिपाेर्टर्स क्लब मेची शाखाले गाउँपालिकाकाे सभाहलमा आयाेजना गरेकाे नयाँ वजेट तथा अबकाे प्राथमिकता पत्रकार साक्षात्कार कार्यक्रममा गाउँपालिकामा सुशासन कायम राख्न आफ्नै तरिकाले वडाले अनुगमन गर्नु पर्ने र गाउँपालिका स्तरिय टिमले आफ्नै तरिकाले छड्के अनुगमन गर्ने बताए ।
अध्यक्ष राजवंशीले गाउँपालिकाकाे अघिल्लाे निर्वाचित जनप्रतिनिधिहरूले गरेका कामहरूकाे प्रशंसा गर्दै रातदिन नभनि अाफु गाैरीगंजवासीकाे सेवामा लाग्ने बताए । अाफु निर्वाचित भएकाे धेरै दिन नभएकाेले पनि त्यति अनुभव नभएता पनि सेवाग्राही, राजनीतिक दलका प्रतिनिधिसाथै वुद्विजिवीहरूकाे सरसल्लाहबाट गाउँपालिकाकाे समग्र विकासमा अाफु लागि पर्ने उनले बताईन ।
गाउँपालिकाका उपाध्यक्ष पुजन न्याैपानेले पनि शिक्षा, स्वास्थ्य, कृषि र राेजगारीलाई नै विशेष प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने बताईन । गाउँपालिकाकाे हरेक विकास निर्माणकाे अनुगमनमा अलिकति पनि दायाँबायाँ नगर्ने प्रतिवद्वता जताईन । उनले भनिन – ‘ यति मानुस, अनुगनमा अलिकति पनि तलमाथि हुदैन ।’
रिपाेर्टस क्लव मेची शाखाका प्रतिनिधि तथा पत्रकार शेखर सेढाईले सञ्चालन गरेकाे कार्यक्रममा उपस्थित वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड नं. २ का अध्यक्ष किनालाल राजवंशी, वार्ड नं.३ का अध्यक्ष श्रवण गिरी, वार्ड नं.४ का अध्यक्ष फेका गिरीलगायले विशेष गरि नदी खाेलाकाे तटबन्ध, कृषि, स्वास्थ्य , शिक्षा र राेजगारीलाई नै विशेष प्राथमिकतामा राखेर वजेट विनियाेजन गर्नु पर्ने बताएका थिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १० : १६ बजे