४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर, बाढी प्रभावितलाई उद्वारका लागि कृतिम अभ्यास



गाैरीगंज २७, जेठ/ गाैरीगंज गाउँपालिका वार्ड नं. १ टुनुवस्तीका वाढी प्रभावित नागरिकहरूलाई विपद् व्यवस्थापन सम्बन्धि तालिम दिईएकाे छ ।
श्री नयाँ श्रीनाथ गणका नेपाली सेनाकाे टाेलीले आज शुक्रबार बाँसकाे चाङ, केराकाे थाम र प्लास्टिक आदिकाे डुंगा बनाएर त्यहाँका बाढी प्रभावित नागरिकलाई विपद् व्यवस्थापन तालिम दिईएकाे हाे ।
श्री नयाँ श्रीनाथ गण चाराआली नेपाली सेनाका मेजर अभिषेक विस्टकाे नेतृत्वमा आएकाे टाेलीले जेष्ठ नागरिकहरूका लागि तालिमसहित स्वास्थ्य शिविरसमेत सञ्चालन गरेकाे थियाे । उनीहरूले स्वास्थ्य जाँचसंगै निशुल्कमा औषधिसमेत वितरण गरेका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ काे समन्वयमा सञ्चालित कार्यक्रममा वार्ड अध्यक्ष कार्तिकलाल राजवंशी, वार्ड सदस्यहरू रेखा राजवंशी, राजभत्त सुनुवार, कृृृृष्ण महताेे लगायतकाे सहभागिता थियाे ।

गाैरीगंज गाउँपालिका वार्ड नं. १ मा खाेलाकाे बाढीले वर्षेनी धेरै जनधनको क्षति हुने गर्दछ । कनकाई, बिरिङ, कमल, बनियानीलगायतका नदीले बर्खाका बेला वितण्डा मच्चाउने गरेका छन् ।

त्यही विपद्का बेला कसरी उद्धारको काम गर्ने भनेर सुरक्षाकर्मीसहित सरोकारवालाले टुनुवस्तीमा कृत्रिम अभ्यास गरिएको वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०७९, शुक्रबार  ९ : २७ बजे