२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गाैरीगंजका नवनिर्वाचित जनप्रतिनिधिलाई सपथ, पहिलाे वैठकबाट सामुदायिक विद्यालयका ११ र १२ अध्ययनरत विद्यार्थीलाई निःशुल्य शिक्षा



गाैरीगंज१२, जेठ / गाैरीगंज गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ खाएका छन । गाउँपालिकाकाे सभाहलमा अाज अायाेजित सपथ ग्रहण समाराेहमा  नवनिर्वाचित अध्यक्ष फूलवती राजवंशीले उपप्रमुख पुजन न्याैपानेसहित सबै वडा अध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ ग्रहण गराउनु भएकाे छ ।                   प्रमुख प्रसाशकिय अधिकृत कृष्ण बहादुर कार्कीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्वाचन अधिकृत भेषराज काेईराला, अध्यक्षका प्रत्यासी विजय अग्रवाल, उपाध्यक्षका प्रत्यासी मखना महताे, नेपाली कांग्रेस सभापति अघ्नुप्रसाद राजवंशीलगायत गाउँपालिकाका कर्मचारीहरूकाे उपस्थिति रहेकाे थियाे ।  अधिकृत विरेन्द्र खड्काले सञ्चालन गरेकाे कार्यक्रममा सुचना अधिकृत सुमन थापा, शिक्षा शाखाका केशव भट्टराईलगायतकाे समेत उपस्थिति थियाे ।
कार्यपालिकाकाे पहिलाे वैठकबाट सामुदायिक विद्यालयमा अध्ययनरत ११ र १२ का विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ५ : २१ बजे