४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पुर्याउन झापामा कार्यदल



झापा ३, वैशाख /  सत्तारुढ पाँच दलीय गठबन्धनको उम्मेद्वारी तालमेललाई निष्कर्षमा पुर्याउन झापामा चार सदस्यीय कार्यदल गठन गरिएको छ ।
नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईको संयोजकत्वमा गठित कार्यदलमा माओवादी केन्द्रका मोहन टुडु, नेकपा एकीकृत समाजवादीका नीलमणि बराल र जनता समाजवादी पार्टीका गौरीमान राई सदस्य रहेका छन् । गठबन्धन दलका जिल्लास्थित शीर्ष नेताहरुको आज बिर्तामोडमा सम्पन्न बैठकले १० वटा पालिकाहरुका मुख्य पदहरुमा सहमति गरेको छ भने कार्यदलले बाँकी पालिका र वडा तहको सहमति आज रातभरिमा सम्पन्न गरी भोलि विहान वस्ने गठबन्धन दलको बैठकमा प्रस्तुत गर्ने भएको छ ।
प्रतिगमन विरुद्ध संघर्षरत पाँच दलीय गठबन्धनका संयोजक तथा नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा बसेको आजको वैठकमा नेपाली कांग्रेसका तर्फबाट सुधीरकुमार शिवाकोटी र कृष्ण हुमागाई सहभागी थिए ।
त्यसैगरी नेकपा माओवादी केन्द्रका तर्फबाट मोहन टुडु, सीपी कडरिया, राजु आचार्य सहभागी थिए भने नेकपा एकीकृत समाजवादीका तर्फबाट वेदराज रेग्मी, भाष्कर काफ्ले र इन्द्र वुढाथोकी सहभागी रहेका थिए भने जनता समाजवादी पार्टीका तर्फबाट नित्यानन्दसिंह राजवंशी र दिपेनवाला राई सहभागी थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : ०२ बजे