३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरादह -४ का ५० जना अव्यवस्थित बसाेवासीलाई धनीपुर्जा वितरण, झापामा ३५ हजारलाई पुर्जा वितरण गर्ने आयाेगकाे तयारी



गाैरादह २३, चैत / गाैरादह नगरपालिका वार्ड नं.४ का ५० जना अव्यवस्थित बसाेबासिलाई जग्गाधनी पुर्जा वितरण गरिएकाे छ ।
राष्ट्रिय भुमी आयाेग झापाले लामाे समयसम्म जग्गाधनी पुर्जा नपाएर भाेगचलन गरिरहेकाअव्यवस्थित बसोबासीलाई जिल्लामै पहिलाे पटक धनीपुर्जा वितरण गरेकाे हाे ।

भुमी अायाेग झापाका अध्यक्ष तिलकसिंह पाण्डे नेतृत्वको आयोगले मंगलबार गौरादह नगरपालिका –४ का अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनीपूर्जा वितरण शुरु गरेको हो ।

राष्ट्रिय भूमि आयोगले नगरपालिकाको समन्वयमा मंगलवार ती वडाका ५० जना अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा वितरण गरेको नगरपालिका प्रमुख रोहित कुमार साहले बताए । गाैरादह नगरपालिका वार्ड नं. ५ का ३१८ जना र गाैरादह वार्ड नं. ४ का २४० जना अव्यवस्थित बसाेवासीलाई धनीपुर्जा वितरण गर्ने नगर प्रमुख राेहित कुमार साहले बताए ।
गौरादह ४ स्थित वडा कार्यालयमा आयोगका केन्द्रीय उपाध्यक्ष नरेन्द्र खडकाको प्रमुख आतिथ्यता र नगर प्रमुख साहको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय मेघराज पौडेललाई १० कठ्ठा जग्गाको पहिलो पूर्जा वितरण गरेर सोको शुभारम्भ गरिएको थियो ।
२०२१ सालदेखि गाैरादह – ४ महारानीझाेडावासीले जग्गाधनी प्रमाण पुर्जा पाएपनि फिल्डबुकमा श्रेष्ता कायम नभई नक्सा प्राप्त गरेका थिएनन् । ‘यसअघिका करिब २१ वटा अायाेगले जग्गाधनी प्रमाण पुर्जाकाे काम नगरेका हाेईनन्’ , अायाेगका केन्द्रीय उपाध्यक्ष नहेन्द्र खड्काले भने- ‘यी सबै अायाेगले बतासे धनीपुर्जा धनीपुर्जा वितरण गरेका थिए । हामीले बतासे धनीपुर्जा बाड्न अाएका हाेईनाै ।’ ‘ नक्सासहितकाे श्रेष्ता कायम गरि मालपाेत कार्यालयकाे प्रमुखकाे सहिछाप भएकाे धनीपुर्जा वितरण गरेका हाै । कसैले भ्रम नलिए, नफैलाए हुन्छ’, भुमीहिन नागरिकले धनीपुर्जा पाएका छन् सबैले खुशी हुनु पर्छ ।’

आयोगका जिल्ला अध्यक्ष पाण्डेका अनुसार आयोग गठन भएपछि जिल्लामा पहिलोपटक गौरादह ४ का अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरि कामलाई तिव्रता दिएको हो ।
आयोगले अब भने स्थानीय तहको निर्वाचन पछि मात्र जिल्लाको गाैरीगंज, विर्तामोड, बुद्धशान्ति, मेचीनगर लगायतका झापामा ३५ हजार अव्यवस्थित बसाेवासी तथा भूमीहिनहरूलाई जनालाई धनीपुर्जा वितरण गर्ने लक्ष्य रहेको झापा अध्यक्ष पाण्डेले बताए ।
धनीपूर्जा वितरण कार्यक्रममा नेपाली कांग्रेस झापाका सभापति देउमान थेवेसहित स्थानीय राजनीतिक दलका नेताहरुको उपस्थिती रहेको थियो । सो अवसरमा नगर उपप्रमुख गीता भेटवालले स्वागत मन्तव्य राखेकी थिइन भने गौरादह ४ का वडाध्यक्ष मणिन्द्र कार्की लगायतले पनि बोेलेका थिए ।
नेपाली कांग्रेस जिल्ला सभापति देउकुमार थेवे, कांग्रेस नेता तथा जिल्ला उपसभापति शेर बहादुर भट्टराई, अनिलकृष्ण प्रसाईं, डा. खगेन्द्र पाण्डव अधिकारी, गाैरादह नगरपालिका वार्ड नं. ४ का अध्यक्ष मणिन्द्र कार्की, वार्ड नं. ५ का अध्यक्ष छत्रपति सुवेदी,राप्रपा पार्टीका जिफ्ला सदस्य भिम बहादुर बस्नेत
माअाेवादी केन्द्रका सचिवालय सदस्य पुष्पलाल ढकाल , एमाले जिल्ला सदस्य दुर्गामणि वस्नेत,भुमि आयाेग झापाका अध्यक्ष तिलसिंह पाण्डे,आयाेगकी सदस्य सनम राजवंशीलगायतकाे सहभागीता थियाे ।



प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  ७ : २७ बजे