४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

दमक गाेल्डकपमा राजनीति घुसाएकाे कांग्रेसकाे ठहर, कांग्रेस सदस्यलाई समितिबाट अलग हुन २४ घण्टे अल्टिमेटम



 दमक / दमक गोल्डकपका राजनीतिकरण भएकाे भन्दै नेपाली कांग्रेस दमकले चर्काे आलाेचना गरेकाे छ । नेकपा एमालले दमक गाेल्डकपमा राजनीति घुसाएर चुनाव लक्षित कार्यक्रम गर्न खाेजेकाे नेपाली कांग्रेस दमकले चर्काे आलाेचना गरेकाे हाे ।

आज दमकमा पत्रकार सम्मेलन गरि दमक गाेल्डकप सबै दमकबासीकाे अपन्त्व हुने गरि कार्यक्रम नगरी कथित खेलकुद विकास समितिका नाममा राजनीति गर्न खाेजेकाे आराेप लगाएकाे हाे ।
गोल्डकप आयोजना हामी सबैको साझा बन्न सक्नु परथ्र्यो भन्दै नेपाली कांग्रेसकी संघीय सांसद महेन्द्रकुमारी लिम्बूले तर प्रतियोगिताको तामझम हेर्दा नेकपा एमालेले खेलकुदमा चुनाव फसाएको जिकीर गरिन् । उनले आफू दमकबासी भएर पनि खेल हेर्न आफूलाई बन्चित गराएको सुनाईन् । स्थानीय सरकारको कामकाज प्रति गंभीर आक्रोस पोख्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी नेतृ लिम्बूले भनिन्, –‘ पाँच वर्षसम्म स्थानीय सरकारले यस्तै तरिकाले मन परी गरेको छ, हामी हिसावकिताव खोज्छौ ।’ सुब्बाले एमालेले आदिवासी जनजातिहरुको उपेक्षा गरेको भन्दै आदिवासी जनजातिहरुलाई एमाले विरुद्ध उभिन र कडा प्रतिबाद गर्नपनि आग्रह गरिन ।
कार्यक्रमस्थलबाट गोल्डकपको शुभकामना दिदै उनले गोल्डकपमा हाम्रो पार्टी र त्यसलाई सफल बनाउन गठन गरिएका कुनै पनि समितिमा नबस्न र रहनुभएकालाई २४ घण्टाभित्र राजिनामा गर्न पनि निर्देशन दिइन् । २४ घण्टा भित्र गोल्डकपको कुनै पनि समितिमा बसेका कांग्रेस नेतृत्व, क्रियाशील सदस्यहरुले आफनो जिम्मेवारीबाट अलग हुन उनले कडा निर्देशन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले दमक गोल्डकप आयोजना हुनु खुसीको विषय भएपनि त्यसको कार्यशैली प्रति तितो बोल्न बाँध्य हुनु परेको बताए । गोल्डकपप्रति कांग्रेसले असहयोग गर्न खोजेको नबुझन आग्रह गर्ने उनले तर गोल्डकपमा कता कता एकपक्षीय जस्तो भएको टिप्पणी गरे । उनले भने, –‘दमक गोल्डकपमार्फत दमकलाई चिनाउन खोजिए पनि यसको तामझाम भने एमालेले फूटवल खेलाए जस्तो देखिन्छ, यस्तो हुनु दुखद हो ’
कांग्रेस क्षेत्रीयसहित प्रदेश सभा, दमकका कांग्रेस नेतृत्वहरुको उल्लेखीय सहभागिता रहेको उक्त पत्रकार सम्मेलनमा कांग्रेस प्रदेश (ख) का सभापति रवि केसीले पनि दमक गोल्डकप यसअघिका गोल्डकप जस्तै देखिएको बताए । सिमीत समूह,पार्टीबाट गोल्डकप परिचालित हुनु ठिक नभएको उनले टिप्पणी गरे ।
कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइले दमक गोल्डकप आयोजना हुनु स्वागतयोग्य भएपनि त्यस भित्र भने राजनीति गर्न खोजिएको बताए । बाटोघाटो,विद्यालय ,खोलानालामा स्थानीय सरकारले राजनीति गरेको उदाहरण दिदै उनले यति हुदाहुदै अव खेलकुदमा समेत राजनीतिकरण गरेर आफनो अनुहार उदाङ्गो पारेको टिप्पणी गरे ।
पत्रकार सम्मेलनमा कांग्रेस १ नम्बर प्रदेश सदस्य भूमिराज राई, महाधिबेशन प्रतिनिधिहरु राजन ढुंगाना,रेगिना भटटराई प्रसाई, आइन्द्र केरुङ, टिकाराज सापकोटालगायतका युवा नेताहरु, वडा सभापतिहरु, विभिन्न भूमिकामा रहेका पार्टी कार्यकर्ताहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १२ : १७ बजे