१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

रकम फिर्ता गर्न सुनुवाई नभएकाे भन्दै पिडित दश जना युवा र उनका अभिभावकहरू प्रहरीमाथि आक्राेशित




गाैरीगंज १७, फागुन / दुबईबाट सकुशल घर फर्किएका दश जना युवाहरू र उनीहरूका आफन्तहरूले पिडक सञ्जय महतोलाई पक्राउ गरि लिएको रकम फिर्ता गर्न माग गरेका छन् ।
उनीहरूले रकम फिर्ता र पिडक महताेलाई कानुनी कार्वाहीमा कुनै सुनुवाई नगरेकाे भन्दै प्रहरीमाथि आक्राेश पाेख्दै आज मंगलबार ईलाका प्रहरी कार्यालय गाैरीगंज पुगेका थिए ।
गाैरीगंजका सञ्जय महताेले भिजिट भिसामा भन्दै दुवई पठाएका दश जना युवा आफ्नै खर्चमा घर फर्किएका छन् ।
राम्राे सेलरीमा काम लगाईदिने प्रलाेभन देखाई पठाईएका ती युवाहरू दुवईमा काम नपाएर अलपत्र परेपछि घर फर्किएका हुन् ।
उनीहरूलाई माघकाे पहिलाे हप्तामा मासिक १२ सय ७५ रियाल तलबमा ग्यास प्लान्टमा काम लगाईदिने प्रलाेभन देखाएर भिजिट भिसामा पठाएकाे पिडित नुर महमद मियाँले बताए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ बस्ने सञ्जय महताेले भिजिट भिसालाई परिणत गरी बर्किङ्ग भिसामा मासिक १२ सय ७५ रियालमा काम लगाईदिने, ५ महिना पछि १ महिना छुट्टी हुने, घर अाउन जान प्लेन टिकट पनि कम्पनीले दिने भनी ती युवाहरूलाई प्रलाेभन देखाई जनही रू २ लाख असुलेका थिए ।
दुबइ पुगेर भिजिट भिसाको म्याद सकिन लाग्दा समेत भने जस्तो काममा नलगाएको, आफुहरु सहित लगभग ३५ जना मानिसहरुलाई एउटा साँघुरो कोठामा बन्धक जस्तो बनाएर राखेको, समयमा खाना पनि खान नदिएको, रिटन टिकट पनि क्यान्सिल गरि आफुहरुलाई बिचल्लिमा पारेको नुर महम्मदले बताए ।
घर फर्किएलगतै ती युवाहरूले अाफुहरूले दिएकाे रकम फिर्ता पाउनु पर्ने भन्दै ईलाका प्रहरी कार्यालय गाैरीगंज पुगेका थिए ।
यस विषयम फागुन २ गते र १४ गते ईलाका प्रहरी कार्यालयमा पिडितका आफन्त र पिडक बिच छलफल भए पनि रकम फिर्ता गर्न कुनै पहल नभएकाे भन्दै उनीहरू र उनका अभिभावकहरू प्रहरीमाथि आक्राेश पाेखेका थिए । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मीले पिडक सञ्जय महताेलाई छलफलका लागि भाेली फागुन १८ गते दिउसाे १ बजे बाेलाएकाे र उत्त छलफलबाट निकाश ननिस्के कानुनी कार्वाही अगाडि बढाउन सम्बन्धि निकायमा जान सकिने बताए ।
गौरीगंज गाउँपालिका वार्डफनं. ३ का नुर महम्मद मसयाँ, दिपक कुमार साह, मोहम्मद नजिमाेदिन, महम्मद समिम हुसेन मियाँ, मोहम्मद मुन्ना मियाँ, मोहम्मद जसिम अालम, राकेश कुमार यादब, धिरज कुमार यादव, आजाद आलम, साजाद आलमलगायत दुबईमा अलपत्र परेका थिए । यहि विषयमा समाचार लेखेकाे भन्दै सञ्जय महताेले गाैरीगंज दर्पणका सम्पादक मदन राजवंशीलाई हात काटिदिने भनी धम्की दिएकाे समाचार सार्वजनिक भएकाे थियाे । पिडित युुवाहरू

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलबार  ७ : ५७ बजे