


गाैरादह २९, माघ / पाथिभरा कृषक समुह गाैरादहद्वारा सञ्चालन हुने धान कुटाउने सेलर मिलकाे आज शनिवार उद्वघाटन गरिएकाे छ ।
गाेदामसहितकाे धान कुटाउने सेलर मिलकाे व्यानर पढेर पुर्वाञ्चल कृषि क्याम्पसका संस्थापक अध्यक्ष अनिलकृष्ण प्रसाईले गरेका हुन् ।
सहुलियत दरमा धान कुटाउने सेलर मिल गाउँमै भएपछि यहाँका कृषकहरूलाई बजारसम्म पुग्ने समस्या हट्ने र समयकाे सदुपयाेग हुने कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्रसाईले बताए ।
संस्थाका सदस्यहरूलाई २० प्रतिशत छुटमा धान कुटानी दर लागु गरेर अन्य कृषकलाई ५ प्रतिशत छुट दिएर भएपनि अधिक्तम कृषकहरूलाई सहभागीता हुनेतिर संस्थाले ध्यान दिनुपर्ने उनले बताए ।
यहाँका कृषकका लागि कृषियन्त्र , विउ विजन र सिंचाईकाे व्यवस्थाका लागि अाफुले सक्ने पहल गर्दै अाएकाे बताउँदै प्रमुख अतिथि प्रसाईले यहाँका कृषकहरू खेती प्रणालीमा भर पर्ने भएकाेले पशु पालन देखि कृषि उत्पादन बढाई सबैकाे सहभागितामा अाय अार्जन गर्न सकिने बताए ।
कृषि ज्ञान केन्द्र भद्रपुरका प्रमुख निलकमल सिंहले जिल्लाभरमा धान ब्लक विकास कार्यक्रम यस वार्डमा सफल भएकाे बताए । दुई बर्षदेखि यस संस्थालाई ज्ञान केन्द्रफे धान ब्लक विकास कार्यक्रम अन्तरगत वजेट विनियाेजन गरेकाे बताउँदै ज्ञान केन्द्र भद्रपुरका प्रमुख सिंहले धान कुटाए वापत लिने भुक्तानी २० प्रतिशत छुटमा समुहकाे सदस्यहरूलाई सहुलियत हुने बताए ।
गाैरादह नगरपालिका वार्ड नं. ६ का वडा अध्यक्ष खड्ग पराजुलीले कृषि शिर्षकमा वार्डमा मात्रै १ कराेड भन्दा बढी वजेट खर्च भएकाे बताए । कृषि ज्ञान केन्द्र भद्रपुरले यस वडाका कृषककाे माग बमाेजिम वजेट विनियोजन गर्दै अाएकाे बताउँदै वडा अध्यक्ष पराजुलिले त्यसकाे लाभ यहाँका अधिकतम् कृषकले लिएकाे बताए ।
गाैरादह नगरपालिका वार्ड नं. ६ लक्ष्मीचाैकमा रहेकाे पाथिभरा कृषक समुहकाे स्थापना २०७५ साल १२ महिना ५ गते भएकाे हाे ।
संस्थाका अध्यक्ष पदम बहादुर कार्की , उपाध्यक्ष धनपति प्रसाई र सचिव मनाेज सिटाैला रहेकाे उत्त संस्थामा २४ जना सदस्य छन् ।
३ कठ्ठा जग्गा १० बर्षका लागि भाडामा लिई सञ्चालन गर्न लागेकाे सेलर मिलका लागि कृषि ज्ञान केन्द्र भद्रपुरबाट १४लाख र जनसहभागिता ५ लाख ११ हजार ४ सय ३१ रूपैयाँ रहेकाे छ । कृषि ज्ञान केन्द्र भद्रपुरले यस पाथिभरा कृषक समुहलाई स्फ्रे टेकी, पानी माेटर , ट्याकटरका लागि २५ लाख रूपैयाँ विनियाेजन गरेकाे संस्थाका सचिव मनाेज सिटाैलाले बताए ।
कार्यक्रममा गाैरादह नगरपालिका वार्ड नं. ६ नेपाली कांग्रेसका सभापति ख्याम सिटाैला, वडा सदस्य टिका चुडाल, पत्रकार आत्माराम राजवंशीलगायत वडा कृषकहरूकाे सहभागिता थियाे ।