१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गन्गाई समुदायमा सम्भवत पहिलाे शाखा अधिकृत कमल गणेश





गाैरीगंज १८, माघ / गन्गाई समुदायबाट निजामति सेवाकाे राजपत्रांकित तृतीय श्रेेणी शाखा अधिकृतमा नाम निकाल्नेमा कमल कुमार गणेश सम्भवत पहिलाे बनेका छन् ।
झापाकाे कचनकवल गाउँपालिका वार्ड नं. ४ फेर्कागाछी बस्ने २७ बर्षिय कमल लाेक सेवा आयाेगले लिएकाे परिक्षाबाट शाखा अधिकृतमा नाम निकाल्न सफल भएका हुन् ।
बुबा गुणालाल गणेश र आमा ईन्द्रा देवी गणेशबाट जेठाे छाेराकाे रूपमा जन्मेका कमल सामान्य किसान परिवारका हुन् । गाैरादह नगरपालिकामा सहायक चाैथाे स्तर खरिदारमा कार्यरत कमल एमबिएसमा अध्ययनरत छन् । पढाईमा सानै उमेरदेखि दख्खल राख्ने उनी कम्प्युटरमा पनि उतिकै पाेख्त छन् । निजामति सेवामा प्रवेश गरेसंगै अध्ययनमा रूचि राख्ने र हरेक विषयलाई मसिनाे गरी केलाउन सक्ने क्षमता भएकाेले नै उनी शाखा अधिकृतमा नाम निकाल्न सफल भएकाे उनका साथीसंगीहरू बताउँछन् । उनी भन्छन् – ‘ निजामति सेवामा रहेर देश र जनताकाे सेवा गर्ने अवसर मिलेकाे छ । निष्ठापुर्वक आफ्नाे जिम्मेवारी पुरा गर्नेछु ।’

प्रकाशित मिति : १८ माघ २०७८, मंगलबार  ९ : २३ बजे