६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

लायन्स क्लबद्वारा बाह्रसुद्दीका ९० जना बालबालिकालाई नि:शुल्कमा न्यानाे कपडा वितरण



गौरीगंज २४, पुस / गौरीगंज गाउँपालिका वार्ड नं.४ बाह्रसुदी स्थित गौरीया प्राविमा अध्ययनरत विद्याथीैलाई न्यानो कपडा वितरण गरिएको छ ।
लायन्स क्लब अफ विराटनगर युनाईटेडले जाडो मौसममा केही राहतहोस भन्ने उद्येश्यले ९० जना विद्यार्थीलाई निःशुल्कमा शुक्रवार न्यानो कपडा स्वीटर वितरण गरेको हो ।
गौरीया प्राविमा गौरीगंज गाउँपालिका वार्ड नं. ४ बाह्रसुदीका अधिकांस मुसहर समुदायका दलित विद्याथीहरु अध्ययनरत छन् । केही दिनअघि बाह्रसुदीमा बसोबास गर्ने ती बालबालिकाहरुको आङ ढाक्ने लुगा किन्न उनका अविभावकलाई धौ–धौ छ भनेर पत्रकार आत्माराम राजवंशीले फेसबुक सञ्जालमा लेखेका थिए । पछिल्लो समयमा चिसोबढेसंगै बालबालिका बढी प्रभावित हुने भएपछि उक्त संस्थाले उनीहरुलाई न्यानो कपडा वितरण गरिएको लायन्स क्लब अफ विरानगर युनाइेड संस्थाकी सदस्य दिक्षा कोइराला घिमिरेले बताइन् । लायन्स क्लब अफ विरानगर युनाइेडका प्रमुख कल्पना भेटवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका सचिव मनोज कुमार रेग्मी, सदस्यहरु गेविन्द घिमिरे, ममता भट्टराई, अञ्चल प्रमुख नरेन्द्र कार्की, जिल्ला गोभर्नर रेवत बहादुर कार्कीलगायतको सहभागिता थियो । संस्थाकी सदस्य दिक्षा घिमिरे कोइरालाले वालबालिकालाई न्यानो कपडा वितरणका लागि समन्वय र सहयोग गरेको गौरीया प्राविका प्रधानाध्यापक सुरेन राजवंशीले बताए ।

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  ३ : २३ बजे