४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजकाे बोस्टन वाइ्स स्वीट स्नेकस् एण्ड चाइनिजका सञ्चालक गन्गाई दश दिनदेखि वेपत्ता



गौरीगंज २२, पुष / गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा सञ्चालित एक मिठाई एवं नास्ता पसलका सञ्चालक दश दिनदेखि वेपत्ता छन् ।
बोस्टन वाइ्स स्वीट स्नेकस् एण्ड चाइनिजका सञ्चालक कृतानन्द सिंह गन्गाई पुस १२ गतेदेखि वेपत्ता भएका हुन् । गौरीगंज गाउँपालिका वार्ड नं. ५ फत्तेपुर घर भएका ३५ वर्षिय गन्गाईको खोजतलासका लागि उनका बाबु दुरपतलाल गन्गाईले इलाका प्रहरी कार्यालय गौरीगंजमा निवेदन दिएका छन् । स्थानीय मनाेज चाैधरीको घर भाडामा लिएर गत दशैंदेखि व्यवसाय शुरु गरेका गन्गाई पुष १२ गते विहानको ३ बजेसम्म कोठामै रहेको उनका भान्जा करण कुमार सिंहले बताए । उनले भने – ‘पसलको काउन्टरमा संगै सुतेका थियौ । रातको ३ बजेसम्म उहाँलाई ओछ्यानमै देखेको थिए । त्यसपछि म निद्रामा परेपछि उहाँ कहाँ जानु भयो थाहा भएन ।’
छोरा वेपत्ता भएको दिनदेखि आफू चिन्तित रहेको बताउँदै बाबु दुरपतलाल गन्गाईले छोरा कृतानन्द सिंह गन्गाईको खोजी गरीदिन सबैमा आग्रह गरेका छन् । ‘छोरा हराएको अघिल्लो दिनसम्म छोरासंग राम्रै कुराकानी भएको थियो । त्यस्तो केही कुरा उनले भनेका थिएनन्’ – दुरपतलालले चिन्ता लिदै भने –‘ एक्कासी वेपत्ता भयो । साह्रै दुःख लागेको छ ।’ छोराको खोजी कार्यका लागि प्रहरीमा निवेदन दिएको भएपनि हालसम्म कहि कतै पत्तो नलागेको उनले बताए । वेपत्ता भएका गन्गाईको एक श्रीमति र दुई छोरा छन् । स्थानिय मनोज चाैधरीले वेपत्ता भएका गन्गाईको धेरै खोजी गरेपनि पत्ता नलागेकाे बताए । उनकै घरमा भाडा लिएर व्यवसाय सञ्चालन गरेका गन्गाईकाे व्यवसाय राम्रै चलेकाे घर साहु चाैधरीले बताए ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार  ५ : ३१ बजे