१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा ए- वान मार्ट सपिङ्ग सेन्टरकाे उद्वघाटन, दैनिक उपभाेग्य र कस्मेटिक सामान एउटै छातामुनि






गाैरीगंज १६, पुस / झापाको गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा ए-वान मार्ट सपिङ्ग सेन्टरको विधिवतरूपमा आज उद्घाटन भएकाे छ ।

झापा उद्योग वाणिज्य संघका झापाका अध्यक्ष नवराज पनेरू, विक्रम श्रेष्ठ र देवीप्रसाद राजवंशीले संयुक्तरूपमा रिवन काटेर उद्वघाटन गरेका हुन् । उद्वघाटन समाराेहमा पुर्व भद्रपुर नगर प्रमुख भरतेन्द्र मल्लिकलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूकाे सहभागीता थियाे ।
ए- वान मार्ट सपिङ्ग सेन्टरकाे उद्घाटनकाे अवसरमा सांगितिक कार्यक्रमकाे समेत अायाेजना गरिएकाे छ ।
कार्यक्रममा वरिष्ठ गजल गायक बलराम राजवंशी सहित स्थानीय कलाकारहरु बिशाल बुढाथोकी, पुजा नेपाली, लगायतले साँगितिक प्रस्तुती दिईरहेकाे आयोजकले जनाएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ कार्यालयको छेउमा रहेको दन्तकाली मन्दिर अगाडि सो सपिङ सेन्टर सञ्चालनमा आएकाे हो । स्थानीय युवा व्यवसायी प्रमोद राजबंशीको एकल लगानीमा सञ्चालनमा आएकाे ए-वान मार्ट सपिङ सेन्टरमा पहिलो चरणमा दैनिक उपभोग्यका सबै सामान तथा कस्मेटिक सामानहरु एउटै छाना मुनि उपलब्ध हुने युवा व्यवसायी राजवंशीले बताए ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ७ : ३३ बजे