९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

गाैरादहमा चासाेक तङनाम सांस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न



गाैरादह ४, पुस / गाैरादहमा पुस मार्ग शुक्ल पूर्णिमाको दिन किराँत समुदायले आज उधौली पर्वका रूपमा मनाएका छन् ।

पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उद्यौली पर्व मनाउने गरेका छन् ।
यसैकाे अवसरमा गाैरादहमा चासाेक तङनाम सांस्कृतिक कार्यक्रमकाे अायाेजना गरी धुमधामसंग मनाईएकाे छ । उत्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननिय आरसी सुब्बा र गाैरादह नगरपालिकाका मेयर राेहित कुमार साहकाे विशेष अतिथिमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
युमामाङ सेवा समिति गाैरादहकाे आयाेजनामा भएकाे कार्यक्रमकाे अध्यक्षता एलबी सुब्बाले गरेका थिए भने कार्यक्रमकाे सञ्चालन लक्ष्मी सुब्बाले गरेका थिए ।
प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन् ।

पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत नाच नाचेर मनोरञ्जन गरेका छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ७ : ३९ बजे