४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

‘जति सक्छु यही समाज, देश र पार्टीलाई सहयोग गर्छु ‘ : केन्द्रीय सदस्यका उम्मेदवार सत्यनारायण चाैधरी



झापा ५ मै पछिल्लो समय पार्टीको आन्तरिक निर्वाचनमा साझा उम्मेदवार भएको दाबी गर्दै दोश्रो कार्यकालका लागि मधेसी कोटाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका दमकका व्यवसायी तथा सामाजिक व्यक्तित्व हुन सत्यनारायण चौधरी । चौधरीले आफनो राजनीतिलाई अगाडी बढाउने सिलसिलामा यस पटक केन्द्रीय सदस्यको उम्मेदवार बन्ने निधो गरेको बताए । उनले कांग्रेसका हरेक नेता कार्यकर्ताहरुको मन भित्र बस्न सकेको महसुस गरेर आफू केन्द्रीय सदस्यमा उम्मेदवार बनेको बताए । मैंले सबैसंग सरसल्लाह र सुझाव लिएर नै उम्मेदवारको योजना बनाएको हुँ । मलाई विश्वास छ सबैले साथ सहयोग गर्नुहुनेछ । कांग्रेसमा आफू यो वा त्यो बहानामा जिम्मेवारीबाट पन्छिने किसिमको कार्यकर्ता नभएको बताउँदै चौधरीले भने–पार्टीलाई आवश्यक परेको बेला जहाँ, जस्तो पनि सहयोग गरेकै छु । मलाई माथिल्लो तहबाट पनि उम्मेदवारी दिने सुझाव आएकोले अघि बढेको हुँ । अब कांग्रेस राजनीतिको यात्रामा रोकिन चाहन्न । पार्टीले सञ्चालन गर्ने हरेक काम, कार्यक्रम होस वा भौतिक पूर्वाधार निर्माणको योजनामा उनको सक्रियता र योगदान रहँदै आएको छ । आफू कांग्रेसको राजनीतिमा आएर कसैको पनि भाग खोस्ने उदेश्यमा नलागेको र पार्टीबाट कुनै नाजायज फाइदा उठाउने उद्धेश्य नरहेको भन्दै चौधरीले भने–जति सक्छु यही समाज, देश र पार्टीलाई सहयोग गर्छु ।

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ११ : २७ बजे