३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

क्षेत्र नं. १ र ५ काे गन्ती सकियाे, २ सय ४१ मतले कट्टेल अगाडि



बिर्तामोड ११, मंसीर / नेपाली कांग्रेसको झापाको निर्वाचनको परिणाम आउने क्रम जारी रहेको छ ।

पछिल्लो मत परिणाम अनुसारस राम कट्टेल समूहको अग्रता कायमै रहेको छ । कूल खसेको ३३ सय ११ मत मध्ये अहिले सम्म गणना भएको १३ सय २५ मत बाट कट्टेललाई ७ सय ७६ मत प्राप्त भएको छ ।

उनका प्रतिद्वन्दी देउमान थेबेले ५ सय ३५ मत पाएका छन । कट्टेल २ सय ४१ मतले अग्रता कायम गरेका छन् ।
हाल सम्मको मत गणनामा सबै भन्दा बढी ८ सय १८ सचिबका उम्मेद्वार बिश्वदीप लिङदेनले प्राप्त गरेका छन । सबै भन्दा कम मत सचिबका उम्मेद्वार कृष्ण हुमागाइले ४ सय ४५ मत ल्याएका छन ।

अहिले सम्म क्षेत्र न.१ र ५ को मत गणना सकिएको र अब बाकी रहेका क्षेत्र न.२,३ र ४ को गणना शुरू गरिएको छ । अब १९ सय ८५ मत गन्न बाकी छ ।
मत गणना गर्न ढिलाई भएको गुनासो बढेपछि केहिबेर अघि बाट सबै पदाधिकारी सदस्यहरूको पनि एकै साथ मत गणना शुरू गरिएको छ । अहिले ७ ठाउ गणना स्थल बनाएर मत गणना शुरू भैसकेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १२ : ५९ बजे