२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

सबैलाई समान अवसरको नारा लिएर वडाध्यक्ष राजवंशी कांग्रेसको चुनावमा



२०७४ को स्थानीय निर्वाचनमा देशभरका बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेसका पक्षमा परिणाम आउन नसकिरहेका बेला वडाध्यक्षमा निर्वाचित भएका नेता हुन झापा गौरीगञ्ज १ का कार्तिकलाल राजवंशी ।
उनै राजवंशीले झापा क्षेत्र नं ४ को अधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधिमा चुनाव लडने तयारी गरेका छन् । पार्टीको जिल्ला समिति सदस्यमा दुई कार्यकाल बिताएका राजवंशी गौरीगञ्ज गाउँपालिकाको १ नम्बर वडाका निर्वाचित वडाध्यक्ष हुन । राजवंशीले सो क्षेत्रमा आफनो चुनावी तयारीसंगै गतिबिधिलाई बढाएका छन ।
राजवंशीले कांग्रेसमा योगदान र सक्रियताका आधारमा सबैलाई समान अवसरको नारा लिएर महाधिवेशन प्रतिनिधिमा चुनावमा होमिएका हुन । उनी कांग्रेसको १२ औं र १३ औं अधिवेशनबाट जिल्ला कार्य समिति सदस्यकोे जिम्मेवारी सम्हालि आएका नेता हुन । उनी जनप्रतिनिधिको कार्यभार सम्हाले यता वडा तथा सो क्षेत्रका प्राकृतिक प्रकोप पीडितहरुलाई उद्धार तथा राहतमा सक्रिय भुमिका निर्वाह गरिआएका छन । राजवंशीले कांग्रेसको साखलाई बढाउन आफूले गरेको योगदानको कदर हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १० : ३९ बजे