४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

काेच स्टार गायन प्रतियोगिता २०७८ काे उपाधि रिता राजवंशीलाई



गाैरीगंज / कोच स्टार गायन प्रतियोगिता २०७८ को उपाधी झापा बाह्रदशी गाउँपालिकाकि रिता राजवंशीले हात पारेकी छन् । उपाधीसँगै उनले नगद रु २० हजारको चेकसहित एउटा गीत रेकर्ड र म्युजिक भिडियो बनाउने अबसर अवसर प्राप्त गरेकी छन् ।

यसैगरि मोरङ रतुवामाई नगरपालिकाका योगेन ताजपुरियाले फर्स्ट रनरअपको उपाधि जितेका छन् । उपाधीसँगै उनले पाथीभरा गृल उद्योगका तर्फबाट नगद रु १० हजारको चेक, एउटा गीत रेकर्ड गर्ने र म्युजिक भिडियो बनाउने अबसर जितेका छन् भने रेशमीका राजवंशीे सेकेन्ड रनरअपको उपाधि जितेकि छन् । उनले उपाधिसँगै अमन्तिका फोटो स्टुडियोको तर्फबाट नगद रु ५ हजार सहित एउटा गीत गर्ने र म्युजिक भिडियो बनाउने अबसर प्राप्त गरेकी छन् ।

बिन्दास राजवंशीले कोच स्टारको तेस्रो रनरअप को उपाधि जितेका छन् । उनले गौरीया प्राबिका तर्फ बाट नगद रु २ हजार ५ सय, शक्ति ईन्टरलकका तर्फ बाट रु ५ हजार र गीतकार गोपाल राजवंशीका तर्फ बाट एउटा गीत रेकर्ड गर्ने अबसर प्राप्त गरेकी छन् ।

झापाको गौरीगंज गाउँपालिका वडा नं. ३ स्थित दन्तकाली मन्दिर छेउ खुला मञ्चमा सम्पन्न भएको कार्यक्रम गतवर्ष देखि अनलाइनबाट शुरू भएकाे थियाे ।

आयोजक समितिका अध्यक्ष प्रमोद राजबंशीको अध्यक्षता र गौरीगंज गाउँपालिका का प्रमुख बाबुराजा श्रेष्ठ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिका मेयर रोहित साह, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सचिव कमल राजबंशी, ताजपुरिया समाज कल्याण परिषद का अध्यक्ष गंगाराम ताजपुरिया, गाैरीगंज गाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको आकर्षणका रुपमा राष्ट्रिय कलाकार श्री कृष्ण लुईटेल (बोके दाह्री), राष्ट्रिय गायकहरू बलराम राजवंशी, बलबहादुर राजवंशी, राम राजवंशी, भविन ताजपुरिया, बन्दना राजवँशी, बिनिता ताजपुरिया, लगायतको प्रस्तुति रहेको थियो ।

गाैरीगंज गाउँपालिका मुख्य प्रायोजक रहेकाे कार्यक्रमकाे सह प्रायाेजक गौरादह नगरपालिका, भद्रपुर नगरपालिका, बाह्दशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, झापा गाउँपालिका, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान र कचनकबल गाउँपालिका रहेकाे थियाे । त्यसैगरी गोर्खा ब्रुअरी, उत्तम चिया, शक्ति ईन्टरलक, पाथीभरा गृल, बिद्या बुक्स, शुभ जोन होटल, प्रार्थना होटल, स्वागतम होटल, हाम्रो बजार, ए वान मार्ट, बिट्स रेकर्डिङ, स्पार्क मिडिया, गौरीया प्राबि, आमन्तिका फोटो एण्ड किचन गिफ्टले प्रायोजन गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  २ : २३ बजे