गाैरादह १३, कार्तिक /
गाैरादह नगरपालिका र गाैरीगंज गाउँपालिकामा कार्तिक २५ गते देखि मंसिर ९ सम्म राष्ट्रिय जनगणना २०७८ कार्य शुरू हुने भएकाे छ ।
आवधिक नीति, याेजना तथा कार्यक्रमहरू तर्जुमा गर्ने र त्यसकाे अनुगमन तथा मुल्यांकन गरि आवश्यक तथ्यांक उत्पादन गर्न राष्ट्रिय जनगणना २०७८ कार्यक्रम शुरू हुने भएकाे हाे ।
त्यसका लागि शनिवार देखि ४ दिनसम्म घर तथा घरपरिवार सूचीकरणका लागि गणकहरूलाई प्रशिक्षण दिने कार्य शुरू भएकाे छ । गाैरादह नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि राेहित कुमार साहले उत्त गणक तालिम कार्यक्रमकाे उद्घाटन गरेका थिए ।
गाैरादह नगरपालिकाका लागि ७६ जना गणक र गाैरीगंज गाउँपालिकाका लागि ४२ जना गणकहरूलाई प्रशिक्षण दिईदैछ । पहिलाे चरणमा सुपरिवेक्षकद्वारा प्रत्येक घर तथा परिवारमा पुगी घर तथा घरपरिवार सूचीकरण फाराम मार्फत घर र घर सम्बन्धि विवरण, परिवारमा अक्सर बसाेबास गरेबा परिवारका सदस्य संख्या र परिवारकाे कृषि सम्बन्धी विवरण, परिवारबाट सरकारी अनुदानमा आवासीय घर निर्माण, परिवारका सदस्यकाे बैंक वा वितीय संस्थामा खाता, प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका व्यक्ति संख्या र बैंक तथा सहकारी संस्था वा वितिय संस्थाबाट ऋण सुविधा सम्बन्धि विवरणहरू संकलन गरिनेछ ।
दाेस्राे चरणमा गणकहरूद्वारा प्रत्येक परिवारमा पुगी मुख्य प्रश्नावली मार्फत परिवार तथा व्यक्तिकाे जनसांख्यिक तथा अन्य विवरणहरू संकलन गरिनेछ ।
पहिलाे चरणमा घर तथा घरपरिवार सूचीकरण फाराम वि. सं. २०७८ साल भदाै २५ देखि असाेेज १४ सम्म बीस दिन भरिएकाे थियाे भने मुख्य प्रश्नावली फाराम वि.सं. २०७८ साल कार्तिक २५ देखि २०७८ मंसिर ९ सम्म पन्द्र दिनसम्म भरिनेछ ।
दाेस्राे चरण अन्तर्गत नै सुपरिवेक्षकबाट गणकले गर्ने स्थलगत तथ्यांक संकलन कार्यकाे सूक्ष्म सुपरिवेक्षण गरिन्छ र सबै स्थानिय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तरिय सामुदायिक प्रश्नावली मार्फत वडाबाे आधारभुत स्राेत, साधन, क्षमता, पूर्वाधार र विपद् सम्बन्धि विवरणहरू संकलन गरिनेछ । फारममा पारिवारिक खण्डमा (क) मृत्यु भएका व्यक्तिकाे विवरण (ख) अनुपस्थित विवरण भरिनेछ भने व्यक्ति खण्ड जनसंख्याियक विवरणमा नाता, जातजाति, लिङ्ग, उमेर, भाषा, धर्म, वैवाहिक स्थिति, शैक्षिक विवरण, जन्म स्थान, बसाईसराई, प्रजनन, अपाङ्गता, अार्थिक क्रियाकलाप सम्बन्धि विवरण भरिनेछ ।
गाैरादह बहुमुखी क्याम्पसमा शुरू भएकाे गणक प्रशिक्षण उद्घाटन कार्यक्रममा गाैरादह नगरपालिकाकी उपप्रमुख गिता भेट्वाल, गाैरीगंज गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपिन्द्र थापा , जिल्ला जनगणना अधिकारी प्रेम कुमार घिमिरे,
गाैरादह कृषि क्याम्पस प्रमुख कृष्णहरी देवकाेटालगायतकाे सहभागिता थियाे । प्रतिमा पाेख्रेल, चिरञ्जीवी पाण्डे, डण्डीराज घिमिरे र ईश्वर प्रसाद दाहालले गणकहरूलाई प्रशिक्षण दिईरहेका छन् । उद्घाटन कार्यक्रमकाे सञ्चालन केशव प्रसाद भट्टराईले गरेका थिए। कार्यक्रममा स्थानिय जनगणना अधिकारी केशब भट्टराई र स्थानिय जनगणना सहायक अधिकारी हरिलाल यादवलगायतकाे सहभागीता थियाे ।