१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

काेचिला न्युज अब ‘नयाँ लुक्स’ मा


१७ भाद्र २०७७, बुधबार  

0
Shares

सम्पादकिय

गाैरीगंज मिडिया प्रालिद्वारा सञ्चालित काेचिला न्युज अनलाइन पत्रिका कम्पनी रजिस्टारकाे कार्यालयमा मिति २०७३ साल बैसाख २८ गते दर्ता भई अनवरत रूपमा पाठक समक्ष औपचारिकरूपमा समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामसंग जाेडिएका समाचार र विश्लेषणात्मक टिप्पणी प्रकाशन गर्दै अाएकाे छ ।

संचारमाध्यममध्ये अनलाईन पत्रिका पनि एक समाजको ऐना भएकोले समाजमा घटेका हरेक घटना र विविध विषयलाई समावेश गर्नु गाैरीगंज मिडिया प्रालि परिवार आफ्नो धर्म  ठानेको छ ।  आफ्नाे धर्म र जिम्मेवारी बहन गर्नेक्रममा विभिन्न आराेह-अवराेहका बीच अनवरतरूपमा आजसम्म अाम पाठक वर्गहरूलाई सुचना संप्रेषण गर्न सक्नुले आफैमा याे एक ठुलाे उपलब्धिकाे रूपमा हामी लिएका छाै ।
यस कार्यमा शुभेच्छुक, पाठकवर्ग, संचारकर्मी, विज्ञापनदाता, संघ,संस्थाले दिएकाे स्नेह, उत्साह र देखाएकाे मार्गले अझ जिम्मेवार बनाएकाे महसुस गरेका छाैं ।
यसैक्रममा केहीदिन पछि हामी हाम्राे अनलाईन पत्रिका काेचिला न्युजलाई ‘नयाँ लुक्स’ अर्थात स्टाण्डर डिजाईनमा लादै छाै । कम्तीमा २ हप्ता भित्र तपाईं अाम पाठकहरूकाे चाहना बमोजिम काेचिला न्युज अनलाईन पत्रिका एक ‘नयाँ लुक्स’मा हेर्न पाउनु हुनेछ भनी जानकारी गराउन पाउँदा हामीमा खुशीकाे अनुभुति भईरहेकाे छ ।
अनलाईनकाे प्राविधिक कार्य भईरहेकाे छ । तपाईंहरूकाे अपार माया, उत्साह, हाैसला र सहयाेगले यहाँसम्म आई पुगेका हाै ।

आगामी दिनहरूमा यस्तै अगाडि बढ्ने हाैसला, उत्साह र सहयाेग दिनुहुनेछ भनी गाैरीगंज मिडिया प्रा.लि. परिवार थप आशा र अपेक्षा राखेका छाै ।

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  ४ : ०१ बजे