१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

दमक उवासंघको साधारण सभामा व्यवसायीलगायत पत्रकार पुरस्कृत


२३ माघ २०७७, शुक्रबार  

0
Shares

दमक २३, माघ/ दमक उद्योग वाणिज्य संघको २९ औं बार्षिक साधारण सभाको अवसरमा दुई जना सफल युवा व्यवसायीलाई सम्मान गर्नुका साथै एक जना पत्रकारलाई पुरस्कृत गरिएको छ ।   संघले उत्कृष्ट व्यवसायीका रुपमा व्यवसायीद्धय इन्द्रसेन अग्रवाल र इन्दिरा बाँस्कोटा ( भट्टराई) लाई सम्मान गरेको हो ।
त्यसैगरी संघको आजिवन सदस्यता प्राप्त गर्ने दमकका स्थापित बिद्युत व्यवसायी ( शुभश्री इलेक्ट्रीकल्स) तथा लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्सका प्रोप्राइटर दयासागर आचार्य र विष्णु किरानाका प्रोप्राइटर विष्णु साह तेलीलाई पनि सम्मान गरिएको छ ।

आचार्य र साहले संघको आजिवन सदस्यता लिई जिवनभर व्यवसायमा समर्पित रहने निधो गरेका कारण उनीहरुलाई आजिवन सदस्यता प्रदान गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं साधारण सभा तयारी उपसमिति संयोजक गोपाल गुरागाइँले जानकारी दिए । सभाकै अवसरमा दमकको उद्योग व्यवसाय क्षेत्रमा कलम चलाएर सञ्चारका माध्यमबाट योगदान पुर्याए बापत पत्रकार जिवन चुँडाललाई पुरस्कृत गरिएको छ । संघले विगत ४ बर्षयता हरेक बर्ष साधारण सभाको अवसरमा एक जना पत्रकारलाई वाणिज्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ ।
आज ( शुक्रबार) आयोजित सभाको अवसरमा उनीहरुलाई नेपाल उद्योग वाणिज्य महासंघका गाउँ / नगर उपाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्य र संघका अध्यक्ष गोकुल श्रेष्ठको सभापतित्वमा आयोजित सभामा वक्ताहरुले शुभकामना मन्तव्य राखेका छन । सो अवसरमा संघको कार्यसमितिका तर्फबाट विभिन्न प्रतिवेदनहरु पेश भएका र संघका सदस्यहरुबीच बन्दसत्रमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ९ : ५५ बजे