४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

एमाले गाैरीगंजकाे अध्यक्षमा कुँवर सर्वसम्मत





गाैरीगंज १२, कार्तिक / नेकपा एमाले गौरीगंजकाे अध्यक्षमा गोविन्द कुँवरको सर्वसम्मत चयन भएका छन् ।
कार्तिक ९ गते उद्घाटन भएको प्रथम अधिवेशनपछि नयाँ नेतृत्वका लागि सर्वम्मत समिति चयनका लागि अथक प्रयास भएकाे थियाे ।
त्यसैगरी उपाध्यक्षमा राम कृष्ण पन्त, सचिव श्रवण गिरी, उपसचिवमा राजकुमार राजवंशी र कृष्ण महतो सर्वसम्मत भएका छन् । तीन दिनको छलफलले सर्वसम्मतबाट ७५ सदस्यीय पालिका कमिटी बनेका छ । पदाधिकारीहरूकाे शनिवार सपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिईएकाे छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ४ : ३० बजे