४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

नेकपा एमाले गौरीगंजको अध्यक्ष पदमा ५ जना आकांक्षी, सहसचिवमा सर्वसम्मत




गौरीगंज १०, कार्तिक / नेकपा एमाले गौरीगंजको पालिका अध्यक्ष पदका लागि ५ जना उम्मेदवार आकांक्षी देखिएका छन् । पर्शुराम काफ्ले, गोविन्द कुवँर, विष्णु न्यौपाने, पदम कटुवाल र विष्णु सुवेदी आकांक्षी देखिएका हुन् ।
मंगलवार औपचारिकरुपमा पालिका प्रथम अधिवेशन उद्घाटन भएपनि पदाधिकारीहरुको सर्वसम्मत हुनसकेको छैन् । सर्वसम्मतका लागि प्रदेश, जिल्ला र क्षेत्रका नेताहरु अधिकतम प्रयास गरे पनि अध्यक्षमा सर्वसम्मत हुन सकेको छैन । विहिवारसम्म विष्णु न्यौपाने र गोविन्द कुवंर मध्ये एक जनालाई अध्यक्षमा सर्वसम्मत गराउने पहल भइरहेको नेकपा एमाले क्षेत्रिय कमिटि सदस्य केदार ढुंगेलले बताए । त्यसैगरी उपाध्यक्ष पदका लागि ४ जना आकांक्षी देखिएका छन् । पवित्रा कोइराला, मनिका राई , रामकृष्ण पन्त र जानुका गौतम उपाध्यक्ष पदका लागि आकांक्षी देखिएका हुन् । सचिव पदका लागि यादव रिजाल र श्रवण गिरी आकांक्षी रहेका छन् भने सहसचिव पदका लागि कृष्ण महतो र राजकुमार राजवंशी सर्वसम्मत भइसकेका छन् । नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य हिक्मत कुमार कार्कीले औपचारिकरुपमा उद्घाटन गरेको अधिवेशन कमिटिका सबै पदाधिकरीलाई सर्वसम्मत गराउने बुझिएको छ । नेकपा एमालेको गौरीगंजमा ६ सय ३५ संगठित सदस्यहरु रहेका छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ५ : ३० बजे