५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

बाढीपीडित र धानबाली नष्ट भएकाे विवरणकाे तत्कालै अनुगमन गर्ने गाैरीगंज विपत्त व्यवस्थापन समितिकाे निर्णय



गाैरीगंज ५, कार्तिक / अविरल वर्षातकाे पानीले पुर्ण र आंसिक क्षति भएका घर परिवारलगायत भाैतिक संरचना र धानबाली नष्ट भएकाकाे तत्काल अनुगमन गर्नका लागि गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे संयाेजकत्वमा अनुगमन समिति गठन भएकाे छ ।
उत्त समितिले अाउँदाे मंगलबारदेखि अनुगमन गर्ने अाज शुक्रबार बसेकाे विपत व्यवस्थापन समितिकाे बैठकले निर्णय गरेकाे हाे । अनुगमन समितिमा गाउँपालिकाका उपाध्यक्षसहित सम्बन्धि वडाका अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, विपत्त व्यवस्थापन समितिका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, वाणिज्य संघका प्रतिनिधि रहने निर्णय भएकाे छ । त्यसैगरी धानवालीलगायत तरकारीबाली नष्ट भएकाे तथ्यांककाे अनुगमन गर्न सम्बन्धि वडाकाे अध्यक्षकाे संयाेजकत्वमा वडा अनुगमन समिति गठनसमेत भएकाे छ । उत्त समितिमा सम्बन्धि वडाका वडा सदस्य, वडा स्तरिय विपत्त व्यवस्थापन समितिकाे प्रतिनिध, स्थानिय राजनिती दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि रहने निर्णय भएकाे छ। उत्त समितिले पनि अाउँदाे मंगलबारैदेखि अनुगमन गर्ने छ ।
गाउँपालिकाले बर्षाबाट क्षति भएकाे धानबाली लगायत सागसब्जीहरूकाे विवरण भरी सम्बन्धि वडामा पिडित परिवारलाई निवेदन दिन भनिसकेकाे छ ।

गाैरीगंज गाउँपालिकाकाे विपत्त व्यवस्थापन समितिका संयाेजक बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा बसेकाे बैठकमा कार्तिक २ र ३ गते अाएकाे अविरल बर्षाका कारण वाढीपिडितहरूलाई राहतकाे व्यवस्थापन गर्ने छलफल भएकाे छ ।
बैठकमा वार्ड नं. २ मा माइखाेला पारी ८ घर परिवारमा पुग्न नसकिएकाे र भाकुरमारी, अामगाछीलगायतका गाउँहरूका ७५ परिवारलाई ड्राईफुड पुर्याएकाे र पिण्डालघुट्टुमा २ घरमा क्षति, १ घर भाकुरमारीमा कटान भएकाे अामगाछीमा १ सय विघा धानवाली कटान भएकाे वडा अध्यक्ष अग्नु प्रसाद राजवंशीले बताए । ढब्लुएफ संस्थाले दिएकाे नगद राहतमा केही वाढीपिडित व्यक्तिहरूकाे नामावली छुटेकाे वार्ड नं. २ का अध्यक्ष राजवंशीले जानकारी गराएका छन् ।
त्यसैगरी वार्ड नं. १ काे हाेकलवारीमा १०२ घर मध्ये ६४ घर डुवान रहेकाे र १६ घर पुर्णक्षति, वालुवाडीमा २८ घर सामान्य क्षति, धानगाढामा पानी पसेकाे ७ घरमा सामान्य क्षति भएकाे, ईश्वर टाेलमा २१ घर पानी पसेकाे सबैमा सामान्य क्षति भएकाे, विर्खे बस्तिकाे सतार टाेलमा २१ घरमधये १९ घर पुर्ण क्षति र २ घर सामान्य क्षति , रंगियाथानमा १ घर सामान्य क्षति गरि जम्मा १४२ घर मध्ये ३५ पुर्ण क्षती भएकाे विअाेपी कुञ्जीवारी सशस्त्र प्रहरी निरक्षक जयराम बस्नेतले जानकारी गराएका छन् ।
वार्ड नं. ३ मा विशेष गरि धर्मे डाँडा बस्ने पार्वती मुर्मुकाे घर पुर्ण क्षति, पाकी सकेकाे धानमा पुर्ण क्षति भएकाे अन्य विवरण संकलन भईरहेकाे वार्ड नं. ३ का अध्यक्ष मखना महताेले बताए । वार्ड नं. ४ मा खेतमा जानेस्थिति नभएकाे कृषकलाई राहत दिने कुरामा सक्ने भए अन्य वजेट याेजना कटाैती गरेर भएपनि राहत दिनु पर्ने वार्ड अध्यक्ष कुलप्रसाल गिरीले बताए । वार्ड नं. ४ काे बार्हसुद्दीमा २ घर पुर्णरूपमा गाैरीया खाेलाले कटान गरेकाे अध्यक्ष गिरीले बताए । वार्ड नं. ६ मा धानबाली र अालुलगायत तरकारी खेतीमा क्षति भएकाे वार्ड नं. ६ का वडा अध्यक्ष बद्री नारायण यादवले बताएका थिए ।
वार्ड नं. ५ मा राजु मल्लाहकाे घर पुर्ण क्षति, धानबालीमा क्षति र भएकाे, भारत – नेपाल सीमाकाे ३६ नं. पिलर रतुवा खाेलाले डेढ विघा कटान भएकाे वार्ड नं ५ का अध्यक्ष विजयप्रसाद सिंह गन्गााईले जानकारी गराएका छन् । गुठी, मंदिर र विभिन्न संस्थाहरूकाे जग्गामा भएकाे क्षति विवरण संकलन गरि त्यसकाे क्षतिपूर्ति कसरी गर्ने भन्ने विषयमा अावश्यक निर्णय गर्नु पर्ने केदार ढुङ्गेलले बताए । उनले किसानलाई तत्काल राहत दिनुपर्नेमा जाेड दिएका थिए । त्यसैगरी यादव रिजालले किसानहरूकाे घर- घरमै पुगेर तथ्यांक संकलन गर्नु पर्नेमा जाेड दिएका थिए । उनले वार्ड नं. ३ मा रहेका बाढी पिडितहरू नामावली समेत संकलन गरि ल्याएका थिए ।
जाेखिमकाे बेलामा खाेलाकाे पानी घर अागनसमेत पानी पसेकाे र पानी बढेकाे बेलामा पनि घरायसी सामानहरूकाे स्थानन्तरण गर्न पिडित परिवार नचाहेकाेले विअाेपी आमगाछी सशस्त्र प्रहरी निरीक्षक सुशील अधिकारीले बताएका थिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सन्ताेष श्रेष्ठले बैठककाे एजेन्डाहरू प्रस्तुत गरेका थिए भने वैठकबाट भएका निर्णयहरू प्रस्तुत समेत गरेका थिए ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : १० बजे