५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

नेपाली कांग्रेस गाैैरादह नगरपालिका वार्ड नं. ७ द्वारा १५ जना बयाेवृद्वलाई सम्मान तथा प्रमाणपत्र वितरण



गाैरादह २५, असाेज / नेपाली कांग्रेस गाैरादह नरपालिका वार्ड नं. ७ समितिले विजयादशमी, तिहार र छठ पर्वकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ ।
साेही अवसरमा आज समितिले नवनिर्वाचित वडा सदस्यहरूलाई प्रमाणपत्र वितरण तथा १५ जना वयोवृद्धहरूलाई सम्मान समेत गरेकाे छ ।
उनीहरूलाई खादा ओढाएर सम्मान प्रमाणसहित सम्मान गरिएकाे हाे ।


गाैरादह नगरपालिकाका नगर प्रमुख तथा नेपाली कांग्रेस प्रदेश संयाेजक राेहित कुमार साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा केन्द्रीय सदस्य दिलिप राई, क्षेत्रिय सभापति ढुण्डीराज भण्डारीलगायत महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला सदस्यहरू, क्षेत्रिय पदाधिकारीहरू, नगर तथा वडा समितिका सभापति, क्रियाशिल सदस्य तथा शुभचिन्तकहरूकाे सहभागीता थियाे । नेपाली कांग्रेस गाैरादह नगरपालिकाका वडा नं. ७ का सभापति दिलनाथ कटुवालकाे सभापतित्व, उपमेयरका प्रत्यासी सुमित्रा खरेलकाे स्वागतमा सम्पन्न कार्यक्रमकाे सञ्चालन टंक काेईराला र व्यवस्थापन जमुनासिंह माक्राले गरेका थिए ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ३ : १२ बजे