४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

समाजसेवी गौरवती राजवंशीको निधन



बिर्तामोड १२, असोज / बिर्तामोड क्षेत्रका पुराना बासिन्दा एवं समाजसेवी गौरवती राजवंशीको गएराति निधन भएको छ ।

८६ वर्षको उमेरमा राति १२.३० बजे उनको निधन भएको नातिनी ज्वाइँ कृष्ण राजवंशीले बताए । उनी केही समयदेखि अस्वस्थ रहेकी थिइन् । उनी सतानु राजवंशीकी धर्मपत्नी हुन् । तीनपल्ट प्रधानपञ्च भएका सतानु प्रख्यात थिए । गौरवती सतानुसिंह राजवंशी स्मृति प्रतिष्ठान , कंचनजंघा हस्पिटलको अध्यक्ष रहेकी गौरवतीले सामाजिक क्षेत्रमा ठूलो योगदान दिएकी थिइन् । उनले महेन्द्र रत्न मावि अनारमनीलाई जग्गा दान दिएकी थिइन् । गौरवतीको आज कन्काई माईमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ४२ बजे