९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

सामाजिक तथा राजनीतिक व्यक्तित्व अनिरूद्व प्रसाद ठाकुर झापा क्षेत्र नं. ५ बाट संघिय महाधिवेशन प्रतिनिधिकाे उम्मेदवार



गाैरीगंज ४, असाेज / सामाजिक तथा राजनीतिक व्यक्तित्व अनिरूद्व प्रसाद ठाकुरले झापा क्षेत्र नं. ५ बाट संघिय महाधिवेशन प्रतिनिधिकाे उम्मेदवारी घाेषणा गरेका छन् ।
नेपाली कांग्रेसकाे १४ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि मधेशी काेटाबाट उनले उम्मेदवारी घाेषणा गरेका हुन् ।
नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल ठाकुर समाजका केन्द्रीय अध्यक्षसमेत रहेका ठाकुर ४ दशक नेपाली कांग्रेसकाे राष्ट्रिय राजनीतिकमा सक्रिय भुमिका खेल्ने व्यक्तित्व हुन् ।
२०३७ सालमा राजनीतिकमा प्रवेश गरेका उनले २०४८ सालमा नेपाली कांग्रेसकाे क्रियाशिल सदस्यता प्राप्त गरेका हुन् ।
२०५२ सालमा नेपाली कांग्रेसकाे निर्देशन अनुसार एमाले सरकार विरूद्व १३ दिन अामरण अनसनमा सहभागी भएका ठाकुर महाधिवेशन प्रतिनिधिका लागि निरन्तर भाेट माग्ने अभियानमा छन् ।
पार्टीले अाव्हान गरेकाे हरेक आन्दोलनमा सक्रिय सहभागी भएका ठाकुर पार्टीकाे केन्द्रीय अाम निर्वाचन समितिकाे सदस्यमा रहेर काम गरेका छन् ।
‘नेपाली कांग्रेसकाे विचार र सिद्धान्तकाे संरक्षण, दर्विलाे, गर्विलाे र संगठित कांग्रेस निर्माणकाे अभियान’ लाई आफ्नाे महाधिवेशनकाे बटमलाईन रहेकाे र त्यसैकाे जगमा रहेर आफुले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घाेषणा गरेकाे उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  २ : ४८ बजे