२६ बैशाख २०८२, शुक्रबार | Sat May 10 2025

पक्राउने धम्की दिएर पैसा असुल्ने झापाका दुई जना पक्राउ



झापा / प्रहरी हुँ भन्दै कुटपिट गर्दै पैसा माग्ने झापाका २ जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा कन्काई नगरपालिका-७ का ४० वर्षिय विकाश उप्रेति र बिर्तामोड नगरपालिका-३ पश्चिम धर्मकाँटाका ३२ वर्षिय टिका खत्रि रहेका छन् । दुवैजनालाई हिंजो(बिहिबार) ईलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
पक्राउ परेका दुवैले २०७८ साउन ११ गते बिर्तामोड नगरपालिका५ जात्रुबारी बस्ने नयनसरी राजवंशीको घरमा गई हामी सादा पोशाक(सिभिल)प्रहरी हौं तपाईंको छोरा लागुऔषध खाने बेच्ने गर्छ र डिलर पनि हो भन्दै छोरालाई बचाउने हो भने २० हजार दिनु, नभए मुद्दा हालिदिन्छौ भन्दै नयनसरी राजवंशीको साथबाट १ हजार १ सय रुपैयाँ लिई हामी पछी फेरी लिन आउँछौ भन्दै धम्काउँदै गएको र फेरी २०७८ साउन १४ गते राती अन्दाजी ९ः३० बजेतिर घरमा आई नयनसरी राजवंशीको छोरा २५ वर्षिय विशाल राजवंशीलाई बोलाई हामी एउटा मिशनमा आएको किन गाउँको मान्छेलाई हल्ला गरि बोलाएको भन्दै बिकाश उप्रेतीले आफूले लगाएको बेल्टले राजवंशी लगायत अन्य व्यक्तिहरुलाई समेत कुटपिट गरेको घट्ना पिडित नयनसरी राजवंशीले २०७८ साउन २२ गते इलाका प्रहरी कार्यालय अनारमनीमा निवेदन दिए पश्चात घट्ना सार्वजनिक भएको थियो । घट्ना थाहापाए लगत्तै २८ गते बिहिबार आरोपीत दुवैजनालाई पक्राउ गरि थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र उनिहरुमाथि अभद्र व्यवहार मुद्दा दर्ता भईसकेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो । अनलाइन विचारबाट

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : ४५ बजे