४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजमा काेराेना विरूद्वकाे भेराेशिल खाेप १७ सय ४३ जनालाई लगायाे



गाैरीगंज १८, साउन / गाैरीगंज गाउँपालिकामा पछिल्लाे पटक ल्याईएकाे काेराेना विरूद्वकाे भेराेशिल खाेप १७ सय ४३ जनालाई लगाईएकाे छ ।
सरकारले उपलब्ध गराएकाे २ हजार भेराेशिल खाेप मध्ये ५५ बर्ष भन्दा माथि उमेर पुगेका १७ सय ४३ व्यक्तिलाई खाेप लगाईएकाे हाे ।
त्यसमध्ये २ सय ४१ खाेप फिर्ता पठाईएकाे स्वास्थ्य शाखा गाैरीगंजले जनाएकाे छ। साउन १२ गते देखि १६ गतेसम्म सञ्चालन गरिएकाे खाेप लगाउने कार्यक्रम अन्तर्गत महाभारा स्वास्थ्य चाैकी गाैरीगञ्ज – १ मा ३५७ जनालाई खाेप लगाईएकाे छ । त्यसैगरी काेराेवारी स्वास्थ्य चाैकी गाैरीगञ्ज -२ मा १९८ जना, खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र गाैरीगञ्ज -६ र ५ मा ८७८ जना, गाैरीगंज ३ ठेकिटाेला र गाैरीगंज ४ मा ३१० जनालाई खाेप लगाएकाे स्वास्थ्य शाखा गाैरीगंजले जनाएकाे छ ।
स्वास्थ्य शाखाका अनुसार खाेप लगाउने क्रममा १६ वटा खाेप विग्रिएकाे र ४ वटा खाेप स्वास्थ्य केन्द्रमा रहेकाे जनाईएकाे छ । स्थानीय सरकार गाैरीगंजले खाेप व्यवस्थापनलाई व्यवस्थित गर्न स्वास्थ्यकर्मीलाई खटाए थिए ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  २ : २० बजे