४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गौरीगंज गाउँपालिका वार्ड नं. १ मा सहित ७ जनालाई कोरोना संक्रमण



गाैरीगंज १७, साउन / पछिल्लाे समयमा गाैरीगंज गाउँपालिका वार्ड नं. १ भन्सारबस्ती बस्ने एकजना पुरूषलाई काेराेना संक्रमण भएकाे पुष्टि भएकाे छ ।
अन्दाजी वर्ष ७० का पुरूषलाई हिजाे काेराेना संक्रमण भएकाे पुष्टि भएकाे वार्ड नं. १ का वार्ड अध्यक्ष कार्तिकलाल राजवंशीले जनाएका छन् । उनीसहित गाैरीगंजमा ७ जना काेराेना संक्रमित रहेका छन् । वार्ड नं. ६ मा ३ जना, वार्ड नं.३ मा२ जना, वार्ड नं. ५ मा १ जना, वार्ड १ मा १ जना काेराेना संक्रमित रहेकाे गाैरीगंज स्वास्थ्य शाखाले जनाएकाे छ । उनीहरू हाल हाेम क्वारेन्टाइनमा उपचारत छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार  ३ : ०७ बजे