४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

गाैरीगंजमा आजदेखि भेराेशिल खाेप लगाउँदै, वार्ड नं. १ मा एक जना काेराेना संक्रमित




गाैरीगंज १२, साउन / पछिल्लाे समयमा काेराेना संक्रमण र मृत्युदर बढ्दै गएकाे छ । जसका कारण झापाका विभिन्न गाउँ र नगरपालिकाहरूले फेरि हप्तादिनका लागि धमाधम लकडाउन गर्ने निर्णय गर्दै आएकाे छ । गाैरीगंज गाउँपालिकामा पनि काेराेनाकाे संक्रमण बढ्दै गएकाे छ । पछिल्लाे २४ घण्टामा गाैरीगंजमा ४ जना काेराेना संक्रमित भेटिएका छन् भने २ दिन अघि अन्दाजी वर्ष ५५ का कर्ण बहादुर कटुवालकाे मृत्यु भएकाे छ ।
याेे संंगैै आज गाैरीगंज गाउँपालिका वार्ड नं. १ टुनुबस्ती पुर्व गाउँबस्ने २० बर्षिया युवतीमा काेराेना संक्रमण भएकाे छ । उनी अहिले हाेम आईसाेलेसनमा बसी उपचार गरिरहेकाे वार्ड नं. १ का वडा अध्यक्ष कार्तिक लाल राजवंशीले जनाएका छन् ।

आजबाट गाैरीगंज गाउँपालिकाले विभिन्न वडाहरूकाे खाेप केन्द्रहरूमा भेराेशिल खाेप लगाउने भएकाे छ ।

गाैरीगंज गाउँपालिकामा तपशिल अनुसारकाे मिति तथा खाेप केन्द्रहरुमा ताेकिएकाे लक्षित समुहका नागरिकहरुलाई काेभिड विरुद्धकाे भेराेसिल खाेप लगाइने कार्यक्रम रहेकाे छ ।

१. खाेपकेन्द्र अनुसारकाे कार्यक्रम तालिका निम्नानुसार छ :

क. महाभारा स्वास्थ्य चाैकी गाैरीगञ्ज १, २०७८ साल श्रावण १२ देखि १५ गते सम्म (४ दिन)
ख. काेराेवारी स्वास्थ्य चाैकी गाैरीगञ्ज २, २०८७ श्रावण १२ देखि १५ सम्म(४ दिन)
ग. ठेकीटाेला आधारभुत स्वास्थ्य केन्द्र गाैरीगञ्ज ३, २०७८ श्रावण १३ गते (१ दिन)
घ. गाैरीगञ्ज स्वास्थ्य चाैकी गाैरीगञ्ज ४, २०७८ श्रावण १२, १४ र १५ गते ( ३ दिन)
ङ. चिल्हारा आधारभुत स्वास्थ्य केन्द्र गाैरीगञ्ज ५, २०७८ श्रावण १४ गते ( १ दिन)
च. खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र गाैरीगञ्ज ६, २०७८ श्रावण १२, १३ र १६ गते (३ दिन)

२. खाेप कार्यक्रमकाे लक्षित समूह निम्नानुसार हुनेछ :

क. हाल सम्म काेभिड विरुद्धकाे कुनै पनि खाेप नलगाएका ५५ वर्ष वा साे भन्दा वढी उमेर समुहका नागरिकहरु
ख. हाल सम्म काेभिड विरुद्धकाे कुनैपनि खाेप नलगाएका शिक्षक, कर्मचारी तथा प्राध्यापकहरु
ग. हाल सम्म काेभिड विरुद्धकाे कुनैपनि खाेप नलगाएका सार्वजानिक यातायातका चालक/ सहचालकहरु
घ. हाल सम्म काेभिड विरुद्धकाे कुनैपनि खाेप नलगाएका फ्रण्टलाइनमा काम गर्ने तथा अत्यावश्यक सेवामा कार्यरत जनशक्तिहरु
ङ. हाल सम्म काेभिड विरुद्धकाे कुनैपनि खाेप नलगाएका विदेश जानका लागि भिसा लागि सकेका नागरिकहरु
च. हाल सम्म काेभिड विरुद्धकाे कुनैपनि खाेप नलगाएका पेट्राेलियम व्यावसायमा अग्रपङ्तिमा काम गर्ने व्यक्तिहरु
छ. हाल सम्म काेभिड विरुद्धकाे कुनैपनि खाेप नलगाएका भन्सार एजेण्टहरु, उद्याेग वाणिज्य संघका पदाधिकारीहरु, निर्माण व्यावसायी संघका
पदाधिकारीहरु, नेपाल रेडक्रस साेसाइटीका स्वयमसेवकहरु, वित्तिय संस्थाहरुकाे क्यास काउण्टरमा काम गर्नेहरु तथा सुरक्षा गार्डहरु
३. खाेप लगाउन आउदा ५५ वर्ष वा साे भन्दा वढी उमेर समुहका नागरिकहरुले नागरिकता र अन्य लक्षित समुहका महानुभावहरुले सम्वन्धीत कार्यालय/ संस्थाले जारी गरेकाे परिचय पत्र अनिवार्य रुपमा ल्याउनु पर्नेछ अन्यथा खाेप सेवा पाइने छैन ।
४. यस अघि काेभिसिल्ड ( इण्डियन भ्याक्सिन) काे पहिलाे मात्रा लगाइ सक्नु भएका महानुभावहरुका लागि यसपटक पनि खाेप सेवा उपलव्ध नभएकाे व्यहाेरा समेत अनुराेध छ ।

पूनश्च हरेक महिनाकाे ११ गते देखि १५ गते सम्म वालवालिकाहरुका लागि सञ्चालन हुने नियमित खाेप सेवा श्रावण महिनामा पनि सम्पूर्ण खाेपकेन्द्र हरुमा यथावत सञ्चालन हुने व्यहाेरा समेत अनुराेध छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ९ : ०९ बजे