४ आश्विन २०८१, शुक्रबार | Sat Sep 21 2024

गाैरादहमा एक महिला मृत अवस्थामा फेला, श्रीमानले नै हत्या गरेकाे आशंका



गौरादह ३१, असार / गौरादह नगरपालिका-१ गेउरीया घर भएका ४० बर्षिया एक महिलाकाे मृत अवस्थामा शव फेला परेकाे छ । उनकी श्रीमान् ३९ वर्षिय सजिलाल ऋषिचनले घरायसी वादविवादका क्रममा आफ्नै श्रीमती संगिता टुडुको हत्या गरेकाे आशंका गरिएकाे छ । अहिले सजिलाल फरार छन् ।

घरायसी वादविवादको क्रममा श्रीमान सजिलालले आफ्नै श्रीमतीलाई कुटपीट गरि हत्या गरेर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।

मृतक महिला र श्रीमान बिच दिनहुँ झगडा भइरहने भएकाले श्रीमानले नै हत्या गरेकाे हुन सक्ने बताईएकाे छ ।मृतक महिलालाई उदीम कृषि सहकारीको खेतको टहरामा लगि कुटपीट गरी हत्या गरेर शव सोहि स्थानमा छाडेर फरार भएको प्रवक्ता थापाले जानकारी दिए । बिहिबार(आज)बिहान ८ः३० बजे मृत अवस्थामा महिलाको शव फेला परेको हाे । फरार सजिलालकाे खोजी कार्य भईरहेको प्रवक्ता थापाले जनाएका छन् । मृतक महिलाको शवलाई भने पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : २३ बजे