५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

मासिक तलब १५ हजार दिन गाैरीगंज गाउँपालिका सहमत, सहमति पत्रमा हस्ताक्षर पछि बाल विकास शिक्षक तथा कर्मचारीद्वारा आन्दाेलन फिर्ता




गाैरीगंज २२, असार /संघिय सरकारले घाेषणा गरेकाे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग गाैरीगंज गाउँपालिकाले पुुुरा गर्ने भएकाे छ ।

बाल विकास शिक्षक तथा कर्मचारीहरूलगायत पेशागत संघ संगठनहरूका प्रतिनिधिहरूले गाउँपालिकाकाे मुलगेटमै अाज विहान ९ बजेदेखि धर्ना र काम राेक कार्यक्रम गरेपछि गाउँपालिकाले उनीहरूकाे माग पूरा गर्ने भएकाे हाे । माग पुरा गर्न दुवै पक्षबीच भएकाे बार्तापछि सहमति पत्रमा हस्ताक्षर भएकाे छ ।

संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने घाेषणा भए अनुसार गाैरीगंज गाउँपालिकाले ७ हजार रूपैयाँ थप गरि मासिक पारिश्रमिक १५ हजार रूपैयाँ दिने सहमति भएकाे हाे ।

गाैरीगंज गाउँपालिकाकाे मुल गेटमै अाज विहान ९ बजेदेखि नै उनीहरू धर्नामा बसेका थिए । उनीहरूकाे धर्ना कार्यक्रमलाई पेशागत संघ संगठनहरूले साथ दिएका छन् भने हिजाे साेमबार एक विज्ञप्ति प्रकाशित गरि माग पूरा नगरे आन्दाेनमा उत्रिने चेतावनी दिएका थिए ।
गाउँपालिकाले नवाै गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूकाे माग सम्बाेधन गराेस भनेर असार १० गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।
संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार स्थानिय सरकारले बजेट विनियाेजन गर्न माग गरेका हुन् ।
नेपाल शिक्षक महासंघ गाैरीगंज, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन गाैरीगंज, युएनटिअाे संगठनलगायतका पेशागत संघ संघठनहरुले ऐक्यवद्वता जनाएका थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ४९ बजे