५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

पेशागत संघ संगठनद्वारा गाैरीगंज गाउँपालिकामा धर्ना , माग सम्बाेधन नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी



गाैरीगंज २१, असार /संघिय सरकारले घाेषणा गरेकाे अनुसार बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग गाैरीगंज गाउँपालिकाले सम्बाेधन नगरेकाे भन्दै पेशागत संघ संगठनहरूले आन्दाेनमा उत्रिने भएका छन् ।
गाउँपालिकाले नवाै गाउँसभा मार्फत बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीहरूकाे माग सम्बाेधन नगरेकाे भन्दै उनीहरू अान्दाेलनमा उत्रिएका हुन् ।
अाज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै नेपाल शिक्षक महासंघ गाैरीगंज, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन गाैरीगंजलगायत पेशागत संघ संगठनहरूले धर्ना जुलुस प्रदर्शन गर्ने भएका हुन् । भाेली असार २२ गते विहान ९ बजेदेखि २५ गतेसम्म गाउँपालिकामा धर्ना जुलुस गर्ने भएका छन् ।
नेपाल शिक्षक महासंघ गौरीगंज, नेपाल शिक्षक संघ गौरीगंज , नेपाल शिक्षक संगठन गौरीगंज युएनटिअाे संगठनलगायतका पेशागत संघ संघठनहरुले ऐक्यवद्वता जनाएका छन् ।
संघिय सरकारले आर्थिक वर्ष २०७८/०७९ को वजेट मार्फत संघले ८ हजार र स्थानिय सरकारले ७ हजार रुपैयाँ व्योर्होनुृ पर्ने र खाजा भत्ता दैनिक १ सय रुपैयाँ उपलब्ध गराउने निर्णय गरेकोमा सोही अनुसार कार्यान्वयन गर्न माग गरेका हुन् । त्यसैगरी वाल विकास शिक्षक तथा विद्यालय कर्मचारीले अन्य कर्मचारी शिक्षकहरुले पाउदै आएको महंगी भक्ता २ हजार रुपैयाँ पनि उपलब्ध गराउन माग गरेको छ ।
मासिक तलब र दैनिक खाजा भत्ता कार्यान्वयन गर्न स्थानिय सरकारसंग माग गरिएकाे छ ।

नेपाल शिक्षक महासंघ गाैरीगंज, बाल विकास समन्वय समिति गाैरीगंज र नेपाल विद्यालय कर्मचारी परिषद गाैरीगंजले संयुक्तरूपमा उत्त माग राख्दै असार १० गते गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ र उपाध्यक्ष दिपिन्द्र थापालाई ध्यानाकर्षण पत्र बुझाएका थिए । नेपाल शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादवले बाल विकास शिक्षक तथा विद्यालय कर्मचारीकाे माग सम्बाेधन नभए अझ शसक्त आन्दोलनमा उत्रिने बताए ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  १० : ०७ बजे